नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित « Khabarhub

नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

बाँके । नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । शीतलहर र बाक्लो हुस्सुका कारण भिजिविलिटी नहुँदा आज सो विमानस्थलबाट हुने कुनै पनि उडान नभएको नेपालगञ्ज विमानस्थल राँझाका प्रमुख सुरेश खनालले जानकारी दिए ।

प्रमुख खनालले नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला सिमीकोट, हुम्ला, बाजुरा र रारा जाने समिट र तारा एयरलाइन्सको छ जहाजको उडान नभएको उल्लेख गर्दै काठमाडौँ जाने श्री एयरलाइन्सको दुई, यती एयरलाइन्सको एक र बुद्ध एयरलाइन्सको छ उडान नभएको बताए। यसबाहेक श्रीएयरलाइन्सको माण्उटेन फ्लाइट पनि भएको छैन ।

बाक्लो हुस्सु र शीतलहरका कारण यहाँको जनजीवन प्रभावित भएको छ । नेपालगञ्जमा स्थानीयले विभिन्न चोकमा दाउरा बालेर आगो तापेको दृश्य जतासुकै देख्न पाइन्छ । केही साताअघि चिसो बढेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले सामूहिकरूपमा आगो ताप्न दाउरा वितरण गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १० : ५५ बजे

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६