पुनर्स्थापना र रोजगारीसहितको राहत प्याकेज लिएर प्रधानमन्त्री ओली बाढीप्रभावित क्षेत्र जाने « Khabarhub

पुनर्स्थापना र रोजगारीसहितको राहत प्याकेज लिएर प्रधानमन्त्री ओली बाढीप्रभावित क्षेत्र जाने


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली विशेष राहत प्याकेजसहित बाढीप्रभावित क्षेत्र जाने भएका छन् ।

शुक्रवार बिहान प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसदहरुसंगको भेटमा प्रधानमन्त्री ओलीले तत्काल राहत उपलब्ध गराउने एवम् बाढी तथा डुबानबाट विस्थापितलाई पुनर्स्थापना गर्ने तथा जीविकोपार्जनका लागि रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष तथा सांसद प्रभु साहको नेतृत्वमा सांसदहरुको टोली बालुवाटार पुगेका थिए । बाढी प्रभावित क्षेत्रको वर्तमान स्थिती तथा गरिनुपर्ने कार्यबारे टोलीको तर्फबाट सांसद साहले प्रधानमन्त्री ओलीलाई ब्रीफिङ गरेका थिए ।

उद्दार कार्यमा सक्रियता भएपनि बाढीप्रभावित क्षेत्रमा राहत वितरण कार्यमा सरकारको उपस्थिति नदेखिएको भन्दै प्रधानमन्त्री ओलीसमक्ष सांसद साहले दुखेसो पोखे । “बाढीको कारण सयौंको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् । कतिपय पूर्वाधारहरु पूर्णरूपमा नष्ट तथा धेरै आंशिक रुपमा क्षतिग्रस्त भएको छ । उद्दार कार्यमा सरकारद्वारा प्रहरी, सेना, प्रशासन सक्रिय भएपनि राहत कार्य प्रभाव देखिएन । म चाहन्छु सरकार उक्त क्षेत्रलाई बाढीग्रस्त वा संक्रमित क्षेत्र घोषणा गरेर त्यहाँ ठूलो शक्ति परिचालन गरियोस् ” सांसद साहले प्रधानमन्त्रीलाई भने ।

“संघीय सरकारले प्रदेश सरकारलाई राहतका लागि पैसा पठाउने र प्रदेश सरकारले आफुखुशी कार्यकर्तामार्फत राहत बाँड्ने काम गरिरहेको छ । वास्तविक पीडितले राहत नपाउने र नेता कार्यकर्ताले पैसा कमाउने कामबाट पीडित झन पीडित भएको छ भने प्रदेश सरकारको भ्रष्ट कामका कारण संघीय सरकारप्रती जनसमुदाय नकारात्मक हुँदै गएको छ जबकी संघीय सरकार जनताको लागि जे पनि कार्य गर्न तम्तयार छ।” साहले थपे । तत्काल राहत तथा बसोबास व्यवस्थापनमा जोड दिएको सांसद साहले बाढी नियन्त्रणका लागि मजबुत तटबन्ध निर्माण, पानीको प्राकृतिक बहाव तथा छिमेकी मुलुकको सीमा र नेपाली भुभाग मै बनेको अव्यवस्थित संरचना हटाउने लागयतको दीर्घकालीन माग राखेका थिए ।

जवाफमा सिंगापुरबाट फर्किने बितिकै विशेष प्याकेजसहित बाढीप्रभावित क्षेत्रमा पुग्ने बताएका प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा भएको संरचना हटाउन भारत सरकारसंग संवाद भइरहेको बताए । उद्धारको काम सफलतापूर्वक गरेकोमा सबै संयन्त्रलाई धन्यवाद दिदै प्रधानमन्त्री ओलीले राहत कार्य जारी रहेको र थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई सचेत गराउदै भने,” जनतालाई पीडामा राखेर प्रदेश सरकारले भोटको राजनीति गर्नु कसरी जायज हुन सक्छ । मलाई यो कुराले दु:ख लागेको छ। जनतालाई कुनै प्रकारको पीडा दिनेहरुलाई त्यस्तो नगर्न सचेत गराउन चाहन्छु ।”

भेटमा नेकपा महासचिव विष्णु पौडेल पनि उपस्थित थिए भने नेकपा प्रदेश नम्बर २ का पदाधिकारीहरु पनि डेलिगेसन टोलीमा रहेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ४ : ५२ बजे

सुकुम्वासीमाथि सरकारी व्यवहारप्रति दयाहाङको असन्तुष्टि : गरिबी पो लुकाउन सकिँदोरहेनछ

काठमाडौं- मिसाइल र बम हानिएको शैलीमा सरकारले सुकुम्वासी बस्तीहरू ध्वस्त

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन– स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको 

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौं– गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को