आज काठमाडौँको तापक्रम २.१ डिग्री सेल्सियस, यस वर्षकै बढी चिसो « Khabarhub

आज काठमाडौँको तापक्रम २.१ डिग्री सेल्सियस, यस वर्षकै बढी चिसो


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँको न्युनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको जनाएको छ । हिजो काठमाडौँको तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार आज दिउँसोको तापक्रम १६.५ डिग्री पुग्नेछ ।

महाशाखाले तत्कालै वर्षाको सम्भावना नरहेकाले अझै चिसो बढ्ने जनाएको छ । दिनदिनै तापक्रम घट्दै गएका कारण दिउँसो घाम लागे पनि बिहान र बेलुका निकै चिसो बढेको छ ।

आज जुम्लाको न्युनतम तापक्रम माइनस ४.९ र अधिकतम तापक्रम १३.६ डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ ।

 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ९ : ५७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार