विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै « Khabarhub

विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज विश्व कुष्ठरोग दिवस देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत अवधारणाको अन्त्य गरी मर्यादित व्यवहार गरी’, भन्ने मूल नारासहित ७१औँ विश्व कुष्ठरोग दिवस मनाउन लागिएको हो ।

यस वर्षको नाराले कुष्ठ प्रभावित व्यक्तिको स्मरण गर्दै रोगबारे चेतना जगाउने, कुष्ठरोगसँग सम्बन्धित लाञ्छना एवं भेदभावको अन्त्य गर्न र मर्यादित व्यवहार गर्न ध्यानाकर्षण गराउने रहेको छ । दिवसका अवसरमा स्वास्थ्य सेवा विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित भएको बताए ।

“अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित छन् । कुष्ठप्रभावित व्यक्तिले लाञ्छना, भेद्भाव र स्वास्थ्य सेवामा पहुँचको अभावको सामना गरिरहेका छन् । यसलाई रोकी कुष्ठरोग अन्त्य गर्न सरकार तथा सबै सरोकारवाला निकायको तत्काल पहल र प्रतिबद्धताको आवश्यकता छ”, डा मरासिनीले भने । विश्व कुष्ठरोग दिवस फ्रान्सका प्रसिद्ध मानवतावादी रावल फोलेरियोले कुष्ठरोगको समुचित उपचार गरी निवारण गर्ने, जनचेतनाको माध्यमबाट कुष्ठरोग नियन्त्रण र न्यूनीकरण गर्ने तथा कुष्ठरोग प्रभावितप्रतिको भेद्भावलाई हटाउने उद्देश्यले सन् १९५४ देखि थालनी गरिएको हो ।

कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा प्रशन्न नापितका अनुसार कुष्ठरोग माइकोब्याक्टेरियम ‘लेप्रे’ नामको सुक्ष्म जीवाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । “यो रोग मानिसबाट मानिसमा सर्छ । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यत श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ । उपचार गरे पूर्णरुपमा यो रोग निको हुन्छ”, डा नापितले भने, “सुरूकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई सर्दैन साथै कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपाङ्गता हुँदैन । त्यसैले समूदायमा रोग सङ्क्रमण हुन नदिन रोगका लक्षण र चिन्ह देखिनसाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी रोग निदान भएमा पूर्ण रुपमा उपचार गर्नुपर्दछ ।”

नेपालमा २०६६ साल माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण (प्रति १० हजार जनसङ्ख्यामा एक भन्दा कम बिरामी) भएको घोषणा गरेको थियो । उक्त समयमा राष्ट्रियस्तरमा कुष्ठरोगको प्रकोप दर शून्य दशमलव ७७ प्रतिशत थियो । कुष्ठरोग नियन्त्रण शाखाका अनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म शून्य दशमलव ८५ रहेको छ भने १४ जिल्लामा कुष्ठरोग प्रति १० हजार जनसङ्ख्यामा एक भन्दा धेरै बिरामी छ ।

निवारणको घोषणा पश्चात् हालसम्म पनि राष्ट्रियस्तरमा निवारणको अवस्थामा कायम रहेको छ । शाखाको तथ्याङ्क अनुसार हरेक वर्ष नेपालमा दुई हजार पाँच सयदेखि तीन हजारको हाराहारीमा कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने गर्दछ । कुष्ठरोग नियन्त्रणका लागि सरकारले सक्रिय बिरामीको खोज पड्ताल, कुष्ठरोग रोकथाम, जनचेतनामूलक तथा क्षमता अभिवृद्धि, असमर्थक व्यवस्थापन तथा पुनः स्थापन र बहु औषधिको व्यवस्थापनको कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ३ : २५ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र