‘नेता-कार्यकर्ताको मुद्दा फिर्ता हुने प्रस्ताव खारेज हुनुपर्छ’ « Khabarhub

‘नेता-कार्यकर्ताको मुद्दा फिर्ता हुने प्रस्ताव खारेज हुनुपर्छ’


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसदहरुले हिंसात्मक क्रियाकलापमा संलग्न भएका राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिन सक्ने प्रस्ताव खारेज हुनुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले राजनीतिलाई अनुशासित र मर्यादित बनाउनुपर्ने भन्दै राजनीतिको मूलधारमा ल्याउने नाममा मुद्दा फिर्ता लिन सक्ने प्रस्ताव खारेज गर्नुपर्नेमा जोड दिएका हुन् ।

हिंसात्मक क्रियाकलापको अपराधलाई राजनीतिक आवरणमा छुट दिन नहुने उनीहरुको भनाइ छ । बैठकमा समिति सदस्य रघुजी पन्तले राजनीतिक गतिविधिहरु शान्तिपूर्ण हुने कुरा संविधानमा रहेको भन्दै त्यसविपरीत कुनै कानुन ल्याउन नहुने बताए ।

हिंसात्मक क्रियाकलापमा लागेर पैसा कमाउने र त्यसपछि राजनीतिमा आउने बाटो दिन नहुने उनको भनाइ छ । उनले प्रस्तावित प्रावधान जस्ताको तस्तै पारित भए अपराधीहरुलाई राजनीतिक आवरणमा हत्या हिंसा मच्चाउने बाटो खुल्ला हुने उल्लेख गरे ।

त्यस्तै, समिति सदस्य सुमना श्रेष्ठले राजनीतिक आवरणमा अपराधीहरुलाई प्रोत्साहन गर्ने प्रावधान हटाउनुपर्ने बताइन् । उनले उक्त प्रावधान राख्नुले नियतमा शंका गर्ने प्रयाप्त आधारहरु देखिएको बताइन् ।

त्यस्तै, समिति सदस्य ज्ञानेन्द्र शाहीले कुनै पनि दलले राजनीतिक आस्थाका आधारमा अपराध गरेपछि उन्मुक्ति दिदा मुलुक अफगानिस्तान हुने खतरा रहेको बताए ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अहिलेको प्रस्ताव तत्कालिन अवस्थामा समस्या सम्बोधन गर्न ल्याइएको भन्दै अहिले सांसदहरुको सुझावहरुलाई स्वीकार गरेर अघि बढ्ने बताए । उनले उक्त प्रावधानकै आधारमा आफ्नो नियतमा प्रश्न नगर्न आग्रह गरे । उनले विधेयक समितिमा आएपनि त्यसलाई समृद्ध बनाएर पठाउन सक्ने जिकिर गरे।

उनले समितिको निष्कर्षलाई सरकारले स्वीकार गर्न तयार रहेको बताए । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ६४ मा शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन मुद्दा फिर्ता सकिने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ४ : ४८ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच