भारतीय प्रवासीले विश्वभरबाट १ खर्ब २५ अर्ब ‍डलर स्वदेश पठाए « Khabarhub

भारतीय प्रवासीले विश्वभरबाट १ खर्ब २५ अर्ब ‍डलर स्वदेश पठाए


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रवासीले विश्वभरबाट कीर्तिमानी १ खर्ब २५ अर्ब अमेरिकी डलर स्वदेश पठाएको पाइएको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा भारतीय प्रवासीले विश्वभरबाट १ खर्ब २५ अर्ब डलर स्वदेश पठाएको जनाइएको छ ।

यससँगै भारत विश्वभरबाट सबैभन्दा धेरै रेमिट्यान्स पाउने देश बन्न पुगेको छ । यसबाट भारतीय प्रवासीले अस्ट्रेलिया, क्यानाडा, अमेरिका, बेलायतजस्ता मुलुकको समाजमा पु¥याउँदै आएको योगदान पनि स्पष्ट हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २०२३ को डिसेम्बर १८ मा प्रकाशित विश्व बैंकको आप्रवासन एवम् विकास प्रतिवेदनमा कम तथा मध्यम आय भएका मुलुकतर्फ रेमिट्यान्सको प्रवाह ६ खर्ब ६९ अर्ब डलर पुगेको जनाइएको छ । यसमध्ये भारतको हिस्सा १ खर्ब २५ अर्ब रहेको छ ।

यो दक्षिण एसियामा आउने रेमिट्यान्सको कूल हिस्साको ६६ प्रतिशत हो । अघिल्लो वर्ष भारतीय आप्रवासीले विश्वभरबाट १ खर्ब ११ अर्ब २२ करोड डलर स्वदेश पठाएका थिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  २ : ४६ बजे

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्युमा बोलेनन् बालेन-रवि, रास्वपाले तीन दिनपछि थाहा पायो 

काठमाडौं– रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा

युरोपमा अमेरिकी प्रभाव घट्ने संकेत, जर्मनीबाट सैनिक फिर्ता

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको