एक करोड पारिश्रमिक बुझ्ने पहिलो बलिउड नायिका ‘श्रीदेवी’ | Khabarhub Khabarhub

एक करोड पारिश्रमिक बुझ्ने पहिलो बलिउड नायिका ‘श्रीदेवी’


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिलेको कुरा गर्ने हो भने हिन्दी फिल्मबाट सबैभन्दा बढी पारिश्रमिक बुझ्ने नायिका दीपिका पादुकोण हुन् । उनले एउटा फिल्मबाट ४० करोड भारुभन्दा बढी पारिश्रमिक लिन्छिन् ।

दीपिका ५०० करोड क्लबमा प्रवेश गरेको फिल्म ‘पठान’की नायिका पनि हुन् । उनी यो सफलता प्राप्त गर्ने ६ नायिका मध्ये एक हुन् ।

अहिले बलिउडमा दीपिका, सोनाक्षी सिंह, आलिया भट्टलगायतको दबदबा छ । उनीहरु करोडौँमा पारिश्रमिक बुझ्छन् । एक करोड पारिश्रमिक त डेब्यु फिल्ममै नायिकाहरूले बुझ्छन् ।

बलिउडमा कुनै समय यस्तो पनि थियो, जुन बेला एक करोड पारिश्रमिक लिने नायिका चर्चामा आउँथे । यसरी चर्चामा आउने पहिलो नायिका श्रीदेवी हुन् । सन् १९७६ मा प्रदर्शनमा आएको फिल्म ‘मुन्द्रु मुडिचु’ फिल्मका लागि उनले नायक रजनीकान्तको भन्दा बढी पारिश्रमिक लिएको हल्ला चलेको थियो ।

चार वर्षको उमेर बालकलाकारका रुपमा फिल्म क्षेत्रमा प्रवेश गरेकी श्रीदेवीले सन् १९७६ मा मुख्य नायिकाको रुपमा अभिनय गर्ने अवसर पाइन् । विभिन्न भाषाको फिल्ममा अभिनय गर्ने उनले सन् १९७९ मा पहिलो हिन्दी फिल्म ‘सोल्वा सावन’मा अभिनय गरिन् ।

उनको पहिलो हिन्दी फिल्मले सफलताको स्वाद चाख्न सकेन । सन् १९८३ मा प्रदर्शनमा आएको ‘हिम्मतवाला’बाट भने उनी दर्शकको नजरमा परिन् । उनी रातारात सेलिब्रिटी बनिन् । उनले पारिश्रमिक पनि ह्वात्तै बढाइन् ।

सुरुवाती दिनमा एउटा फिल्मबाट ५ हजार पारिश्रमिक लिने श्रीदेवी बलिउडकै महँगो नायिका भइन् । त्यस समयमा उनले एक करोड पारिश्रमिक बुझ्दा केही नायिकाले मात्र सो बराबरको रकम बुझ्थे ।

कुनै समय बलिउडमा सबैभन्दा चर्चामा रहेकी श्रीदेवीको सन् २०१८ मा ५५ वर्षको उमेरमा हृदयघातका कारण धर्तीबाट बिदा भइन् ।

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ५४ बजे

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

सिरहा– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक

१२ अंकले बढ्यो नेप्से, ९० वटा कम्पनीको सेयर मूल्य भने घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)१२.१७ अंकले बढेको छ ।

अन्तिम समयमा मिसिएका झलनाथालाई नयाँ पार्टीमा तेस्रो वरीयता र सह-संयोजक पद

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा बनेको कम्युनिस्ट घटकहरूको नयाँ पार्टीमा

स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

वैदेशिक विभागद्वारा धरौटी अद्यावधिक गर्नेसम्बन्धी सूचना

काठमाडौं– वैदेशिक रोजगार विभागले जेन-जी प्रदर्शनका क्रममा भएको आगजनीका कारण