एक करोड पारिश्रमिक बुझ्ने पहिलो बलिउड नायिका ‘श्रीदेवी’ « Khabarhub

एक करोड पारिश्रमिक बुझ्ने पहिलो बलिउड नायिका ‘श्रीदेवी’


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिलेको कुरा गर्ने हो भने हिन्दी फिल्मबाट सबैभन्दा बढी पारिश्रमिक बुझ्ने नायिका दीपिका पादुकोण हुन् । उनले एउटा फिल्मबाट ४० करोड भारुभन्दा बढी पारिश्रमिक लिन्छिन् ।

दीपिका ५०० करोड क्लबमा प्रवेश गरेको फिल्म ‘पठान’की नायिका पनि हुन् । उनी यो सफलता प्राप्त गर्ने ६ नायिका मध्ये एक हुन् ।

अहिले बलिउडमा दीपिका, सोनाक्षी सिंह, आलिया भट्टलगायतको दबदबा छ । उनीहरु करोडौँमा पारिश्रमिक बुझ्छन् । एक करोड पारिश्रमिक त डेब्यु फिल्ममै नायिकाहरूले बुझ्छन् ।

बलिउडमा कुनै समय यस्तो पनि थियो, जुन बेला एक करोड पारिश्रमिक लिने नायिका चर्चामा आउँथे । यसरी चर्चामा आउने पहिलो नायिका श्रीदेवी हुन् । सन् १९७६ मा प्रदर्शनमा आएको फिल्म ‘मुन्द्रु मुडिचु’ फिल्मका लागि उनले नायक रजनीकान्तको भन्दा बढी पारिश्रमिक लिएको हल्ला चलेको थियो ।

चार वर्षको उमेर बालकलाकारका रुपमा फिल्म क्षेत्रमा प्रवेश गरेकी श्रीदेवीले सन् १९७६ मा मुख्य नायिकाको रुपमा अभिनय गर्ने अवसर पाइन् । विभिन्न भाषाको फिल्ममा अभिनय गर्ने उनले सन् १९७९ मा पहिलो हिन्दी फिल्म ‘सोल्वा सावन’मा अभिनय गरिन् ।

उनको पहिलो हिन्दी फिल्मले सफलताको स्वाद चाख्न सकेन । सन् १९८३ मा प्रदर्शनमा आएको ‘हिम्मतवाला’बाट भने उनी दर्शकको नजरमा परिन् । उनी रातारात सेलिब्रिटी बनिन् । उनले पारिश्रमिक पनि ह्वात्तै बढाइन् ।

सुरुवाती दिनमा एउटा फिल्मबाट ५ हजार पारिश्रमिक लिने श्रीदेवी बलिउडकै महँगो नायिका भइन् । त्यस समयमा उनले एक करोड पारिश्रमिक बुझ्दा केही नायिकाले मात्र सो बराबरको रकम बुझ्थे ।

कुनै समय बलिउडमा सबैभन्दा चर्चामा रहेकी श्रीदेवीको सन् २०१८ मा ५५ वर्षको उमेरमा हृदयघातका कारण धर्तीबाट बिदा भइन् ।

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ५४ बजे

सुदूरपश्चिम रोयल्समा न्युजिल्याण्डका स्कट कुगेलेइन अनुबन्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

रास्वपा सांसदकै आक्रोश : मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर, जनतालाई अस्पतालमा छैनन् डक्टर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले भौतिक मन्त्री सुनिल

पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा बहस सकियो, फैसलाको प्रतिक्षा

काठमाडौं– पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा

विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद अधिकारीको आपत्ति

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् लिमा अधिकारी

काभ्रे जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक– खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका