परराष्ट्रमन्त्री साउद र नोवेल शान्ति पुरस्कार विजेता सत्यार्थीबीच भेटवार्ता  « Khabarhub

परराष्ट्रमन्त्री साउद र नोवेल शान्ति पुरस्कार विजेता सत्यार्थीबीच भेटवार्ता 


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउद र नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा सोमबार उनीहरूबीच भेटवार्ता भएको हो।   

भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बालअधिकारको क्षेत्रलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी काममा नेपाल र भारतमा सत्यार्थीले पुर्‍याएको योगदानको चर्चा गरेका थिए । 

सत्यार्थीलाई सन् २०१४ मा बाल अधिकारको क्षेत्रमा काम गरेबाफत नोवेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै मन्त्रालय पुगेका सत्यार्थी र मन्त्री साउदबीच आगामी मार्च महिनामा लुम्बिनीमा हुने ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलनको तयारी बारे पनि छलफल भएको थियो।  

लुम्बिनी सरकारले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलन आयोजना गर्दैछ। 

लुम्बिनी सरकारले आर्थिक वर्ष २०८०-०८१ वार्षिक नीति तथा कार्यक्रम र बजेटमै समेटेको शिखर सम्मेलन मार्च ११ र १२ मा आयोजना गर्न लागेको हो। उक्त शिखर सम्मेलनमा विश्वभरबाट विकासको क्षेत्रमा काम गरिरहेका विज्ञ, अभियन्ता, संयुक्त राष्ट्रसंघीय निकायका उच्च अधिकारी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूलाई आमन्त्रण गरिने लुम्बिनी प्रदेश सरकारले जनाएको छ। 

‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलन आयोजनाले शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीको प्रचार-प्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ४ : ४९ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या

धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार

वातावरण संरक्षण विधेयकमा त्रिचन्द्र कलेजका विद्यार्थीको ध्यानाकर्षण

काठमाडौं– त्रिचन्द्र कलेजका विद्यार्थीले सरकारले बनाएको वातावरण संरक्षण ऐन, २०७६