भारतीय मिडियामा राजेश हमालपछि साम्राज्ञीको चर्चा | Khabarhub Khabarhub

भारतीय मिडियामा राजेश हमालपछि साम्राज्ञीको चर्चा


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही दिनअघि महानायक राजेश हमाललाई बलिउड अभिनेता अमिताभ बच्चनसँग तुलना गर्दै समाचार लेखेको भारतको चर्चित मिडिया आज तकले नेपाली अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको समाचारलाई स्थान दिएको छ । आज तकले साम्राज्ञीलाई नेपालकी महंगी नायिका भन्दै साम्राज्ञीको तारिफ गर्दै समाचार लेखेको हो ।

आज तकले लेखेको छ, ‘साम्राज्ञी नेपाली सिनेमाकी उत्कृष्ट अभिनेत्रीमा एक हुन्, आज उनी नेपाली फिल्म उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका हुन् ।’

नेपाली मिडियालाई उद्धृत गर्दै साम्राज्ञीले १६ लाख लिएको खबर पनि आज तकले लेखेको छ । पहिलो फिल्म ‘ड्रिम्स’ बाट डेब्यु गरेको र फ्यान कमाएको पनि समाचारमा जनाइएको छ ।

पछिल्लो समय साम्राज्ञी नेपाली फिल्म क्षेत्रमा चर्चामा रहिरहने नायिका हुन् । केही दिनअघि भने इन्डोनेसियाको बालीमा आफ्ना प्रेमी देवांश राणासँग शेयर गरेका चुम्बनसहितका तस्वीरले उनलाई विवादमा ल्याएको थियो ।

उनी अभिनित फिल्म ‘रातो टीका निधारमा’ दशैँमा प्रदर्शन हुँदैछ । साम्राज्ञी सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीरका कारण पनि चर्चामा रहने गर्छिन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ६ : १९ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार