चर्चामा नयाँ संरचनाको यू-१९ क्रिकेट विश्वकप | Khabarhub Khabarhub

चर्चामा नयाँ संरचनाको यू-१९ क्रिकेट विश्वकप


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

क्रिकेट प्रतियोगिताका स्वरूप पनि आश्चर्यका हुने गरेका छन्। कुन समयमा कुन शैलीमा प्रतियोगिता हुन्छन् निश्चित नै छैन। दक्षिण अफ्रिकामा १९ जनवरीदेखि सुरु भएको यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको यस पटकको स्वरूप आश्चर्यजनक नै छ। सुपर सिक्स भनिने चरणमा कुल १२ टोली प्रवेश पाएका छन्।

यसअघि सन् १९९९ र २००३ को विश्वकप क्रिकेटमा पनि सुपर सिक्सको अवधारणा थियो तर, त्यस समयमा सुपर सिक्समा ६ टोली थिए। यी ६ टोलीमध्ये पहिलो चरणमा नखेलेका अन्य तीन टोलीसँग दोस्रो चरणमा खेल हुने प्रावधान थियो। यस विश्वकप भने फरक छ। ६ टोली सहभागी दुई समूह छन्। दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश पाउने छन्।

यो संरचनामा पहिलो चरणको अङ्कसहित दोस्रो चरण प्रवेश गरेका कारण नेपालको सेमिफाइनल प्रवेशको सम्भावना भने त्यत्ति सहज छैन। पहिलो चरणमा प्रत्येक समूहमा रहेको चार टोली मध्येबाट शीर्ष तीन सुपर सिक्समा प्रवेश गरे। समूह ‘ए’बाट प्रवेश गर्ने तीन तथा समूह ‘डी’बाट तीन टिम सुप सिक्सको एउटै समूहमा छन्।

भारत, बङ्गलादेश, आयरल्यान्ड, पाकिस्तान, न्युजील्यान्ड र नेपाल एउटा समूहमा छन्। पहिलो चरणमा नै नेपालले पाकिस्तान र न्युजील्यान्डसँगको खेलेको कारण सोही नतिजा गणना हुनेछ नेपालको दुई खेलबाट अंकबिहीन छ। यसैगरी पाकिस्तानको दुई खेलबाट चार अङ्क छ।

सुपर सिक्सको अर्को समूहमा दक्षिण अफ्रिका, इङ्गल्यान्ड, वेस्ट इन्डिज, अस्ट्रेलिया, श्रीलङ्का र जिम्बाबे छन्।

पहिलो चरणमा समान स्थान पाउने दुई टोलीको बिचमा सुपर सिक्समा खेल हुने छैन। नेपाल आयरल्यान्ड पनि समूहमा तेस्रो हुलै सुपर सिक्समा प्रवेश गरेका कारण सुपर सिक्समा नेपालले आयरल्यान्डसँग खेल्ने छैन भने भारत र पाकिस्तान शीर्ष स्थान पाउँदै प्रवेश गरेका कारण खेल्ने छैनन्।

सुपर सिक्समा एउटा टोलले दुई खेल मात्र खेल्ने छन्। नेपालले समूह ‘ए’बाट पहिलो भएको भारत तथा दोस्रो भएको बङ्गलादेशसँग मात्र खेल्ने छ। ३१ जनवरीमा बङ्गलादेशसँग खेल्ने नेपालले २ फेब्रुअरीमा भारतको सामना गर्नेछ।

यू–१९ क्रिकेट प्रतियोगिता पहिलो पटक सन् १९८८ मा अस्ट्रेलियामा यूथ विश्वकपको नामबाट भएको थियो। त्यस समयमा आठ टोलीको मात्र सहभागिता थियो। त्यसको १० वर्षपछि मात्र १९९८ मा १६ टोलीको सहभागितामा प्रतियोगिता आयोजना सुरु भयो। त्यस यता निरन्तर दुई वर्षमा प्रतियोगिता हुँदै आएको छ।

सन् १९८८ को पहिलो संस्करणमा अस्ट्रेलियाले सफलता पाएको थियो। जियोफ पार्करको नेतृत्वमा अस्ट्रेलियाले सफलता पाएको हो। दक्षिण अफ्रिकामा भएको दोस्रो संस्करणको फाइनलमा न्युजील्यान्डलाई हराउँदै इङ्गल्यान्डले उपाधि जितेको थियो।

यू–१९ क्रिकेटमा सबै भन्दा सफल टोली भारत हो। भारतको सफलताको कथा सन् २००० बाट सुरु हुन्छ। मोहम्मद कैफको नेतृत्वमा भारतले सन् २००० मा उपाधि जितेको थियो। कोलम्बोमा भएको फाइनलमा श्रीलङ्कालाई हराउँदै भारतले पहिलो पटक उपाधि जितेको हो। त्यस समयका स्टार खेलाडी युवराज सिंहले नै त्यसको ११ वर्षको अन्तरालमा भारतलाई टी २० विश्वकप र एक दिवसीय विश्वकपको उपाधि समेत दिलाए।

सन् २००८ मा भारतले विराट कोहलीको नेतृत्वमा भारतले दक्षिण अफ्रिकालाई फाइनलमा हराउँदै अर्को पटक उपाधि जितेको थियो। त्यही समयदेखि विश्व क्रिकेटमा कोहलीको दमदार उपस्थिति भएको हो।

सन् २०१२ मा उन्मुकुत चन्द र सन् २०१८ मा पृथ्वी स र सन् २०२२ मा यस धुलको नेतृत्वमा भारतले उपाधि जितेको हो। यी दुवै कप्तान भारतीय क्रिकेटमा खासै जमेका छैनन् जसरी पूर्व कप्तान जम्न सफल भए।

सन् २०१८ मा उपाधि जिताउन सबै भन्दा दमदार प्रदर्शन गरेका शुभमन गील भने अहिले विश्व क्रिकेटकै स्टार ब्याट्सम्यानको रूपमा स्थापित छन्।

सन् २००४ मा पहिलो पटक युवा विश्वकप क्रिकेटको उपाधि जितेको पाकिस्तानले सन् २००६ मा भारतलाई हराउँदै यु–१९ विश्वकपको उपाधि रक्षा गर्ने पहिलो देश बनेको हो। यो सफलतालाई कसैले पछ्याउन सकेको छैन।

दक्षिण अफ्रिकाले सन् २०१४ र त्यसपछिको संस्करण वेस्ट इन्डिजले उपाधि जितेका थिए। बङ्गलादेशले सन् २०२० मा फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको हो। भारतपछि सबै भन्दा धेरै पटक उपाधि जित्ने टोली अस्ट्रेलियाले सन् २००२ र २०१० मा सफलता पाएको हो।

भारतले पाँच पटक उपाधि मात्र जितेको छैन। सो देशमा केही यस्ता स्टार छन् जसले यु–१९ विश्वकपको लगत्तै विश्व क्रिकेटमा सनसनी फैलाउने काम गरेका छन्।

कोहलीले भारतलाई सफलता दिलाउँदा टोलीका उपकप्तान रहेका अलराउण्डर रवीन्द्र जडजा जम्न थालेका थिए। अहिलेका स्टार ब्याट्सम्यान रोहित शर्मा सन् २००६ को यू–१९ विश्वकप क्रिकेटका स्टार खेलाडी थिए। भलै भारतले उपाधि जित्न सकेको थिएन तथापि उनको प्रदर्शनले सबैलाई आश्चर्यमा पारेको थियो। सोही कारण रोहित अर्को वर्ष नै भएको टी–२० विश्वकपमा टोलीमा प्रवेश पाउन सफल मात्र भएनन्, भारतलाई उपाधि दिलाउन पनि उपयोगी साबित भए। त्यस टोलीमै रहेको चतेश्वर पुजारा भने टेस्ट खेलमा मात्र धेरै जम्न सके।

सन् २००४ मा शिखर धवन उत्कृष्ट खेलाडी भएका थिए। उनले ८४ दशमलव १६ को औसतले रन प्रहार गरे। कुनै पनि तहको विश्वकप क्रिकेटमा यो सफलतालाई अहिलेसम्म कसैले पनि पछ्याउन सकेको छैन। त्यसको लगत्तै भारतीय व्यवसायीक लिग आइपिएलमा पनि छाएका उनी राष्ट्रिय टोलीमा भने धेरै लामो समय रहन सकेनन्।

धवन भन्दा पहिले नै राष्ट्रिय टोलीमा प्रवेश पाउन भने सुरेश रैना सफल भए। कारण प्रस्ट थियो। सो समयमा भारतीय क्रिकेटमा सचिन तेन्दुलकर र वीरेन्द्र सहेबागको दबदबा कायम थियो।

यस भन्दा अघि नै कप्तान मोहम्मद कैफले उपाधि दिलाएपछि भारतीय टोलीमा प्रवेश पाएका थिए। कमजोर फिल्डीङका कारण आलोचित भारतीय क्रिकेटको सो पाटोलाई सुधार गर्न सफल उनी लगत्तै मध्य क्रममा जम्न थालेका थिए।

युवा विश्वकपको सफलतापछि राष्ट्रिय टोलीमा प्रवेश पाएका उनी सन् २००३ को विश्वकपमा उप विजेता भएको भारतीय टोलीको मध्य क्रमको नियमित ब्याट्सम्यान थिए। विस्फोटक ब्याट्सम्यान वीरेन्द्र सेहबागले भने सन् १९९८ को यु–१९ को विश्वकप क्रिकेट खेलेका थिए। राहुल द्रविड, भिएस लक्ष्मण र सचिन तेन्दुलकर जस्ता स्टार खेलाडीले सुसज्जित भारतले एउटा राम्रो प्रारम्भिक ब्याट्सम्यानको खोजी गरी रहेको समयमा सहेबागको उदयसँगै भारतीय ब्याटिङ डरलाग्दो बनेको थियो।

यो युवा विश्वकपमा भारतका आशिष कुलकर्णी, बङ्गलादेशका आशिकी रहमान शिविर, आयरल्यान्डका फिलिप राउक्सइङ्गल्यान्डका बेन म्याककेनी तर्फ धेरैको आँखा मोडिएको छ। आयोजक टोलीमा बायाँ हाते सिमर क्वेना माम्पाखा यस पटक अझ हेर्न लायक खेलाडी हुन्। जमैकाका ब्याट्सम्यान जोर्डन जोन्सन र अस्ट्रेलियाका स्पिनर साम कोनटास अर्का हेर्न लायक खेलाडी हुन्। श्रीलङ्काका अलराण्डर सिनेथ जयबर्धना अर्का चर्चा गर्न योग्य खेलाडी हुन्।

स्रोतः आइसिसी, स्पोर्ट्स अड्डा, स्पोर्ट्स केडीया, फस्ट पोस्ट

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  २ : १४ बजे

२८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौं– सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष

निर्माण सम्पन्न भएको ६ महिनामा पनि सञ्चालनमा आएन कुश्मा बसपार्क

पर्वत– पर्वतको कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क निर्माण भएको ६ महिनासम्म

राष्ट्र बैङ्कको अध्ययन : गण्डकी प्रदेशमा कृषि क्षेत्र घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा गण्डकी प्रदेशमा कृषि