७० बर्षे उमेरहदबाट किन ‘ब्याक’ भए माधव, झलनाथ ? « Khabarhub

७० बर्षे उमेरहदबाट किन ‘ब्याक’ भए माधव, झलनाथ ?

समाजवादीका युवा भन्छन्– कुरा उठायौँ, तर लागु भएन



काठमाडौं– केही महिना अगाडि नेकपा एकीकृत समाजवादीका ७४ वर्षीय सम्मानित नेता झलनाथ खनालले आफूसँग ३० वर्षे जोस भएको र परी आउँदा अझै राज्यको जिम्मेवारी लिन सक्ने आँट भएको बताएका थिए । उनले आफ्नो पार्टीले तत्काल उमेर हद कायम गर्नका लागि कुनै छलफल नगर्ने स्पष्ट पारेका थिए ।

आइतबार प्रज्ञा भवनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले खबरहबसँग छोटो कुरा गर्दै आफूहरूले एमालेबाट अलग भएपछि युवालाई अगाडि लगाएर हिँडेको बताए ।

पार्टीमा युवाको योगदान र लहर व्यापक भए पनि तत्काल उमेर हद कायम गर्न र पुराना नेतालाई बिदा गर्न युवाहरु नै तयार नभएको नेपालको भनाइ छ ।

नेपाल भन्छन्, ‘युवा पुस्तामा पुराना नेताको आवश्यकता देखियो । हामीले पार्टीमा धेरै काम गर्न बाँकी छ । यहाँहरूका अगाडि हामी सिक्दै जाने हो, भन्नुभयो ।’

बैठकमा युवाहरूले उमेर हदको कुरा उठाए पनि तत्काल कार्यान्वयन नगर्न सबैको सहमति जुटेको पूर्वप्रधानमन्त्री नेपालको तर्क छ । उनी भन्छन्, ‘२० प्रतिशत ४० वर्षभन्दा कम उमेरका युवालाई केन्द्रीय कमिटीमा राखेका छौँ । यसले उहाँहरूको सहभागितालाई जोड्ने छ ।’

आफ्नो पार्टीलाई युवाले साथ नदिएको भए यो उचाइमा पुग्न नसक्ने भन्दै अध्यक्ष नेपालले पनि युवाको भूमिकाको प्रशंसा गरे ।

एमालेबाट अलग हुँदा यो पार्टीले ७० वर्ष पुगेपछि राजनीतिमा उमेर हद लाग्ने कुरा व्यापक रूपमा उठाएको थियो । तर, केही नेताहरूको औचित्य पुष्टि गर्न बाँकी रहेकाले पार्टी अहिले यो निर्णयबाट पछि हटेको नेताहरूको भनाइ छ ।

युवा नेता के भन्छन् ?
नेकपा एकीकृत समाजवादी पार्टीका युवाले पार्टीमा नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र उमेर हदको कुरा उठाए पनि प्रस्ताव पारित हुन नसकेको बताएका छन् ।

आइतबार र सोमबार काठमाडौंमा भएको पार्टीको केन्द्रीय परिषद् बैठकमा उमेर हदको कुरा उठाए पनि विभिन्न समस्याले गर्दा पारित हुन नसकेको युवाको भनाइ छ ।

अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष आरती लामाका अनुसार अधिकांश युवाले उमेर हदको कुरा लागु हुनुपर्ने तर्क राखेका थिए ।

उनले खबरहबसँग भनिन्, हामीले व्यापक युवा सहभागिता र उमेर हदबन्दी तोक्नुपर्ने कुरा उडायौं । तर, भरखरै विद्रोह गरेर स्थापित हुँदै गरेको पार्टी भएको हुनाले अहिले सम्भावना भएन ।’ उनले पार्टीमा महिलाको उपस्थितिका विषयमा पनि आफ्नो पार्टी गम्भीर भएको बताइन् ।

यस्तै युवा संघका संयोजक कृष्ण विश्वकर्माले पनि युवा सहभागिता वृद्धि गर्नुपर्ने र उमेर हद ७० वर्षसम्म तोक्नुपर्ने परिषद् बैठकमा कुरा उठाएको बताए ।

उनले भने, ‘हामीले त ४० प्रतिशत ४० भन्दा कम उमेरका युवाको सहभागिता पार्टीको केन्द्रीय तहमा हुनुपर्ने र ७० काटेपछि नेतृत्वबाट बिदा हुनुपर्ने कुरा प्रष्ट राखेका थियौं । तर, तत्काल यो प्रस्ताव पारित गरिहाल्दा पार्टीलाई घाटा हुने डर भयो ।’

यस्तै पार्टीका केन्द्रीय सदस्य तथा अनेरास्ववियू पूर्वअध्यक्ष सुदेश पराजुलीले पनि पार्टी भर्खरै स्थापना भएको र धेरै काम गर्न बाँकी रहेकाले उमेर हद तोक्न नसकेको स्वीकारे । उनले भने, ‘हामीले एमालेबाट विद्रोह गर्दा जुन बाटो रोजेका थियौँ, त्यो बाटोमा हिँड्न अझ ट्रयाक खोल्न बाँकी छ । अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालले यो निर्णय नगरेको भए हामी अभिभावकविहीन हुन्थ्यौं ।’

पराजुली थप्छन्, ‘तर पनि हामीले उमेर हदको कुरा उठायांै तर तत्काल कार्यान्वयन गर्दा पार्टी र देशलाई नै घाटा हुने भएकाले तत्काल ब्याक भयौँ ।’

पार्टीमा अझ जनपक्षीय काम गर्ने बाँकी रहेकाले अहिले उमेर हदको कुरालाई लिएर पार्टीलाई कमजोर बनाउन नमिल्ने उनको तर्क छ ।

यस्तै पार्टीका केन्द्रीय सदस्य वसिम आलमले पनि उमेर हद तत्काल पार्टीमा लागु नहुने प्रष्ट्याए । उनले भने , ‘युवा सहभागिता बढेको छ । पदाधिकारीमा पनि युवा केही प्रतिशत राख्यौँ भनेका छौँ । ७० को उमेर हदबाट तत्काल पछि हटेका छौँ । पार्टी र समाजको विकास र वृद्धिका लागि नै यो नियम लागु गरेका हौं । यदि महाधिवेशनमा प्रक्रिया पुगेका युवा नेतृत्वमा आउन चाहे सहयोग रहन्छ ।’

केन्द्रीय परिषद् बैठकले केन्द्रीय कमिटीमा २० प्रतिशत  ४० वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ  । यस्तै १९ पदाधिकारी र १ सय केन्द्रीय सदस्य रहने व्यवस्था गरेको छ । बैठकले सबै तहका अधिवेशन र महाधिवेशनका प्रतिनिधि तोकिएको क्षेत्रबाट निर्वाचित भएर आउने निर्णय समेत गरेको छ ।

यस्तै जिल्ला कमिटी ५५ देखि प्रत्येक निर्वाचन क्षेत्र बराबर ३ का दरले १ महिला अनिवार्य गरेको छ । पार्टीले सबै तहमा कमिटी गठन गर्दा अनिवार्य निर्वाचन हुने समेत बताएको छ । नेकपा विभाजन भएपछि एमाले अलग भएर २०७८ भदौ २ गते निर्वाचन आयोगबाट आधिकारिक रूपमा नेकपा एकीकृत समाजवादी दर्ता भएको थियो ।

यो पनि…
यस्ता छन् एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठकका प्रस्ताव

नेकपा एकीकृत समाजवादी प्रत्यक्ष निर्वाचित प्रणालीमा जाने

वर्गीय शोषण अन्त्य गरी आर्थिक रूपान्तरण गर्न जोड : नेपालको दस्तावेजसहित

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १२ : ३३ बजे

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’