इम्बोस्ड नम्बर प्लेट जाँच गर्ने उपकरण प्रहरीलाई हस्तान्तरण « Khabarhub

इम्बोस्ड नम्बर प्लेट जाँच गर्ने उपकरण प्रहरीलाई हस्तान्तरण


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ थान आरएफआईडी उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन्। आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच इम्बोस्ड नम्बर प्लेटमा भएको बिवरण जाँच गर्ने मेसिन हस्तान्तरण गरेका हुन् ।

मन्त्री ज्वालाले सो मेसिन नेपाल प्रहरी मुख्यालय अन्तरगत कार्यबिभाजनका डिआईजी भरत बोहोरालाई हस्तान्तरण गरेका हुन् ।हाललाई ५ थान हस्तान्तरण गरिएको यो मेसिन छिटै १०० थान हस्तान्तरण हुने यातायात ब्यवस्था बिभागले जनाएको छ।

हाल सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था भएपनी यसमा उपलब्ध डाटा रिड गर्ने कुनै पनि प्रणालिको व्यवस्था थिएन।यो सङ्गै अब भौतिक पूर्वाधार मन्त्रालयको यातायात व्यवस्था बिभागले देशका विभिन्न नाकाहरुमा इम्बोर्डस प्लेट रिड गर्ने गेटको समेत निर्माण गरिरहेको छ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले सवारी साधनमा इम्बोर्डस प्लेट जडान गरेसङ्गै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले समेत यो प्रणाली महत्वपूर्ण हुने बताउनुभयो।सो अवसरमा यसको डेमो समेत गरेर देखाईएको थियो।

कार्यक्रममा भौतिक मन्त्रालयका सचिव केशव कुमार शर्मा, यातायात व्यवस्था बिभागकका महानिर्देशक उद्दब प्रसाद रिजाल तथा ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेको समेत उपस्थिती थियो।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ०७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर