आज २०८० साल माघ १७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल माघ १७ गते बुधबारको राशिफल


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। मेहनत गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। आफन्तको सहयोग मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन्। गुमेको धन मिल्ने योग रहेको छ। परिवारमा भने खटपटी हुनसक्छ।

वृष : दिन राम्रो छ। लगानीका क्षेत्र सबल छन्। रोजगारीको क्षेत्रमा फाइदा हुनेछ। गुरुबाट भने सहयोग नहुन सक्छ। आफूभन्दा ठुलालाई सोधेर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारको साथ रहने छ।

मिथुन : दिन सामान्य छ। आफ्नै बोलीले आफन्त टाढिने छन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट ठुलो फाइदा नहुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो उन्नति हुनेछ। परिवारसँग घुम्ने अवसर मिल्नेछ।

कर्कट : आफन्तका शब्दजाल बुझ्न नसकेमा घाटा हुनसक्छ। शनिदेवको छाया योग रहेकाले पन्छीलाई अन्न प्रदान गर्नु राम्रो हुन्छ। परिवारमा शंका बढ्नेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

सिंह : दिन राम्रो छ। हातमा चन्द्रमा रहेकाले धन कमाउने बाटो खुल्नेछ। साथीको प्रस्तावमा सुन्दर ठाउँमा घुम्ने मौका मिल्नेछ। स्वदेशमै लगानीका क्षेत्र भेटिने छन्।

कन्या : दिन राम्रो छ। प्रतिस्पर्धी परास्त हुनेछन्। काम, क्रोध, लोभ र मोहबाट मुक्त हुनुपर्ने देखिन्छ। राम्रो कामको थालनी गर्ने योग छ। वैदेशिक क्षेत्रको लगानीमा आकर्षण बढ्नेछ। परिवारको साथ मिल्नेछ।

तुला : दिन राम्रो छ। काम गरेका ठाउँमा प्रशंसा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर ढंगले अगाडि बढ्नेछ। शिक्षाको क्षेत्रमा भने अवरोध सिर्जना हुने देखिन्छ।

वृश्चिक : दैनिकी सामान्य छ। रोजगारीको क्षेत्रमा राम्रो सम्भावना छ। आफन्तबाट भने आरोप लाग्नेछ। परिवारमा समेत शंकाको दृष्टिले हेर्ने योग रहेको छ।

धनु : दैनिकी राम्रो छ। बोल्दा ख्याल गर्नुपर्ने छ। मेहनतको प्रशंसा हुनेछ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : समय सामान्य राम्रो छ। शिक्षा, रोजगारी र सामाजिक क्षेत्र उत्साहजनक छन्। स्वास्थ्यमा समस्या हुने भएकाले चिसोबाट जोगिनु राम्रो हुन्छ। धनको कारण विवादमा पर्ने योग रहेको छ। परिवारको सहयोग रहने छ।

कुम्भ : दिन सामान्य छ। गल्ती नगरे पनि झुटा आरोपको सामना गर्नुपर्ने छ। परिवारबाट असहयोग हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ।

मीन : आज शान्ति प्राप्ति हुने योग रहेको छ। लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। आफ्नै भनेका साथीले भने कुरा काट्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ५ : २० बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा