अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोली भारत भ्रमणमा « Khabarhub

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोली भारत भ्रमणमा


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय टोली अध्ययन भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेको छ ।

समिति सभापति राजकिशोर यादवको नेतृत्वमा ११ सदस्यीय टोली मंगलबार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली पुगेको हो । दिल्लीमा भारतका चीफ ऑफ प्रोटोकॉल र भारतीय संसदका सहसचिवले नेपाली टोलीलाई स्वागत गरेका थिए ।

भारतीय संसद्को अन्तर्राष्ट्रिय समितिको निमन्त्रणामा नयाँ दिल्ली पुगेको टोलीले ६ फेब्रुअरीसम्म भारतको संसदीय व्यवस्थाबारे अध्ययन गर्ने छ ।

संसदीय टोलीले भारतीय नयाँ संसद् भवनको निरीक्षणका साथै त्यहाँका सभामुख, विदेशमन्त्री र पर्यटनमन्त्रीसँग भेट्ने कार्यक्रम तय भएको बताइएको छ ।

टाेलीमा यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन् ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ५८ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार