मदिराबाट टाढा रहने नायकहरू « Khabarhub

मदिराबाट टाढा रहने नायकहरू


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडकर्मी मिडियाबाट घेरिइरहेका हुन्छन् । त्यसैले उनीहरु स–साना घटनामा पनि खबर बनिरहेका हुन्छन् । कहिले उनीहरु मदिरामा लठ्ठ भएर हिँडेको दृश्य पनि सार्वजनिक हुन्छन् ।

केही कलाकार मदिराकै नसामा विभिन्न अभिव्यक्ति दिएर विवादमा पनि पर्छन् । नसामै विवादित स्टाटस लेखेर हास्यकलाकार कपिल शर्मा पनि एक समय निकै विवादमा पर्थे । जुन कुरा विभिन्न अन्तर्वार्तामा उनले स्वीकार गरेका छन् ।

कुनै पनि नसा लिनु राम्रो बानी हुँदै होइन, तर पार्टी र रमाइलो कार्यक्रममा मदिरा ‘ट्रेन्ड’का रुपमा विकसित भएको छ । फिल्ममा समेत मदिरा पिएको दृश्य आउँदा जनचेतनामूलक सन्देश देखाउनुपर्छ तर धेरै कलाकार यसको नसाबाट टाढा छैनन् । बलिउडका हजारौं स्टारमा औँलामा गन्न सक्ने नायकले मात्र आफूलाई मदिराबाट टाढा राखेका छन् ।

जानौँ बलिउडका ती अभिनेताले जो आफू मदिराबाट टाढा रहेको दाबी गर्छन्–

अमिताभ बच्चन
अमिताभ बच्चन मदिराको नसाबाट आफू टाढा भएको दाबी गर्छन् । फिल्ममा मदिरा पिएको देखिए पनि उनलाई सार्वजनिक ठाउँमा मदिरा पिएको नभेटिएको भारतीय मिडियाहरुको दाबी छ ।

उनी मदिरा मात्रै होइन धुमपान समेत गर्दैनन् । उनी शुद्ध शाकाहारी पनि हुन् । पार्टीमा उपस्थित हुँदा समेत उनी मदिराबाट टाढै रहन्छन् ।

जोन अब्राहम
जोन अब्राहम फिटनेसका कारण बलिउडमा प्रसिद्ध छन् । शरीरलाई सुगठित बनाउन खानेकुरामा विशेष ध्यान दिनुपर्छ । जोन आफ्नो शरीर बनाउनका लागि स्वच्छ र मात्रा मिलाएर मात्रै खाने अभिनेतामा पर्छन् ।

उनी मदिरा, धुमपान मात्रै होइन ‘जङ फूड’ समेत नखाने दाबी गर्छन् । उनी कडा समय तालिकामा चल्ने नायक हुन् । उनी रातिसम्म हुने पार्टीमा जाँदैनन् ।

अक्षय कुमार
नायक अक्षय कुमारको जीवनशैली बलिउडमा निकै चर्चामा रहन्छ । उनको साँझ १० बजे सुत्ने र पाँच बजे अगावै उठ्ने समय तालिका छ ।

उनी सकेसम्म कुनै पार्टीमा उपस्थित हुन चाहदैनन् । उनी मदिरा सेवन नगर्ने दाबी गर्छन् । नजिकबाट निहाल्नेहरुले पनि उनले रक्सी सेवन नगर्ने बताउँछन् ।

सिद्धार्थ मल्होत्रा
सिद्धार्थ अनुशासित अभिनेताको सूचीमा माथिल्लो स्थानमा पर्छन् । उनी विवादमा समेत कम आउँछन् । उनको स्वच्छ छवि जस्तै जीवनशैली पनि स्वच्छ छ ।

पञ्जाबी परिवारमा जन्मे–हुर्के पनि सिद्धार्थ मदिरा पिउँदैनन् । उनी रातको पार्टीमा सहभागी भए पनि मदिरामा भने हात लगाएको भेटिएको छैन ।

 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : ०९ बजे

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको

किन बन्यो फुटबलको महाकुम्भ विवादको केन्द्र ?

काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपले समर्थकलाई रोमाञ्चक खेल,

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक ममिला