मदिराबाट टाढा रहने नायकहरू | Khabarhub Khabarhub

मदिराबाट टाढा रहने नायकहरू


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडकर्मी मिडियाबाट घेरिइरहेका हुन्छन् । त्यसैले उनीहरु स–साना घटनामा पनि खबर बनिरहेका हुन्छन् । कहिले उनीहरु मदिरामा लठ्ठ भएर हिँडेको दृश्य पनि सार्वजनिक हुन्छन् ।

केही कलाकार मदिराकै नसामा विभिन्न अभिव्यक्ति दिएर विवादमा पनि पर्छन् । नसामै विवादित स्टाटस लेखेर हास्यकलाकार कपिल शर्मा पनि एक समय निकै विवादमा पर्थे । जुन कुरा विभिन्न अन्तर्वार्तामा उनले स्वीकार गरेका छन् ।

कुनै पनि नसा लिनु राम्रो बानी हुँदै होइन, तर पार्टी र रमाइलो कार्यक्रममा मदिरा ‘ट्रेन्ड’का रुपमा विकसित भएको छ । फिल्ममा समेत मदिरा पिएको दृश्य आउँदा जनचेतनामूलक सन्देश देखाउनुपर्छ तर धेरै कलाकार यसको नसाबाट टाढा छैनन् । बलिउडका हजारौं स्टारमा औँलामा गन्न सक्ने नायकले मात्र आफूलाई मदिराबाट टाढा राखेका छन् ।

जानौँ बलिउडका ती अभिनेताले जो आफू मदिराबाट टाढा रहेको दाबी गर्छन्–

अमिताभ बच्चन
अमिताभ बच्चन मदिराको नसाबाट आफू टाढा भएको दाबी गर्छन् । फिल्ममा मदिरा पिएको देखिए पनि उनलाई सार्वजनिक ठाउँमा मदिरा पिएको नभेटिएको भारतीय मिडियाहरुको दाबी छ ।

उनी मदिरा मात्रै होइन धुमपान समेत गर्दैनन् । उनी शुद्ध शाकाहारी पनि हुन् । पार्टीमा उपस्थित हुँदा समेत उनी मदिराबाट टाढै रहन्छन् ।

जोन अब्राहम
जोन अब्राहम फिटनेसका कारण बलिउडमा प्रसिद्ध छन् । शरीरलाई सुगठित बनाउन खानेकुरामा विशेष ध्यान दिनुपर्छ । जोन आफ्नो शरीर बनाउनका लागि स्वच्छ र मात्रा मिलाएर मात्रै खाने अभिनेतामा पर्छन् ।

उनी मदिरा, धुमपान मात्रै होइन ‘जङ फूड’ समेत नखाने दाबी गर्छन् । उनी कडा समय तालिकामा चल्ने नायक हुन् । उनी रातिसम्म हुने पार्टीमा जाँदैनन् ।

अक्षय कुमार
नायक अक्षय कुमारको जीवनशैली बलिउडमा निकै चर्चामा रहन्छ । उनको साँझ १० बजे सुत्ने र पाँच बजे अगावै उठ्ने समय तालिका छ ।

उनी सकेसम्म कुनै पार्टीमा उपस्थित हुन चाहदैनन् । उनी मदिरा सेवन नगर्ने दाबी गर्छन् । नजिकबाट निहाल्नेहरुले पनि उनले रक्सी सेवन नगर्ने बताउँछन् ।

सिद्धार्थ मल्होत्रा
सिद्धार्थ अनुशासित अभिनेताको सूचीमा माथिल्लो स्थानमा पर्छन् । उनी विवादमा समेत कम आउँछन् । उनको स्वच्छ छवि जस्तै जीवनशैली पनि स्वच्छ छ ।

पञ्जाबी परिवारमा जन्मे–हुर्के पनि सिद्धार्थ मदिरा पिउँदैनन् । उनी रातको पार्टीमा सहभागी भए पनि मदिरामा भने हात लगाएको भेटिएको छैन ।

 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : ०९ बजे

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज