कृषि मन्त्रालय र आइएलआरआई बीच सम्झौता | Khabarhub Khabarhub

कृषि मन्त्रालय र आइएलआरआई बीच सम्झौता


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बीच सम्झौता भएको छ ।

बुधबार काठमाडौंमा सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा रेवती रमण पौडेल र आइएलआरआईका तर्फबाट सहायक महानिर्देशकले दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताले पशुपन्छी अनुसन्धान र विकास, नवीन प्रविधि प्रवर्द्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउन दुवै निकायको प्रतिविद्धतालाई बलियो बनाउने मन्त्रालयको विश्वास छ ।

सम्झौताले पशुपालनमार्फत गुणस्तरीय जीविकोपार्जनमा योगदान पुर्‍याउँदै अनुसन्धान र विकासमा सार्वजनिक र निजी क्षेत्रको सहभागीताका लागि बलियो ढाँचा उपलब्ध गराउने अपेक्षा रहेको कृषि मन्त्री बेदुराम भुसालले बताए ।

आइएलआरआइले सन् २०१३ देखि अफ्रिका र एशियाका कम र मध्यम आय भएका देशका सरकारसंगको सहकार्यमा विभिन्न स्तरका पशुपन्छी क्षेत्रका गुरु योजना र लगानी योजना विकास गर्न प्राविधिक सहयोग उपलब्ध गर्दै आएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : १३ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित