बंगलादेशविरुद्ध टस जितेर नेपाल ब्याटिङमा « Khabarhub

बंगलादेशविरुद्ध टस जितेर नेपाल ब्याटिङमा


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौंआईसीसी १९ वर्षमुनि (यू-१९) विश्वकप क्रिकेट प्रतियोगिताको सुपरसिक्स अन्तर्गत बंगलादेशविरुद्धको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । 

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा जारी खेलमा टस जितेर नेपाल ब्याटिङमा उत्रिएको हो । नेपालले समूह चरणमा अफागानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा पुगेको हो ।

समूह चरणमा नेपाल न्यूजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो । बंगलादेशले भने समूह चरणको खेलमा आयरल्याण्ड र अमेरिकालाई हराएको थियो भने भारतसँग पराजित भएको थियो । 

यसअघि नेपाल र बंगलादेश विश्वकपमा दुई पटक आमने सामने भएका छन् । सन् २००२ मा भएको विश्वपकमा नेपालले बंगलादेशलाई २३ रनको पराजित गरेको थियो । त्यस्तै सन् २०१६ को विश्वकपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो । 

नेपालको प्लेइङ ११ मा कप्तान देव खनालसहित अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, विशाल विक्रम केसी, गुलशन झा, दीपक बोहोरा, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द र दुर्गेश गुप्ता छन् । 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  २ : ११ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा