जुम्लामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने « Khabarhub

जुम्लामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जुम्ला– सदरमुकाम खलंगा बजारमा आगामी फागुन १५ गतेदेखि कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्लामा हुने भएपछि तयारीमा जुटेको जिल्ला फुटबल सङ्घका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिएका छन् । 

जुम्लामा पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरीय फुटबल प्रतियोगिता फागुन १५ गते सुरु भएर १९ गते सम्पन्न हुने छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, प्रदेश फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जुम्ला जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता हुन लागेको एन्फा जुम्लाका अध्यक्ष भरतबहादुर बुढ्थापाले बताएका छन् । 

आगामी २०८१ मा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरको खेलाडी टोली छनोट हुने छ ।  आउँदो फागुन २४-३० गतेसम्म बागमती प्रदेशको आयोजनामा हुने पुरुष फुटबल प्रतियोगितामा समेत कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने छ । प्रतियोगितामा प्रदेशका १० जिल्लाका खेलाडी सहभागी रहने आयोजकले जनाएको छ । 

जिल्ला फुटबल सङ्घले एक सूचना जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको छ । फागुन ११ गते बेलुका ४ बजेसम्म टोलीको दर्ता गरिसक्नुपर्ने छ । दर्ताका लागि सम्बन्धित जिल्ला खेलकुद विकास समितिको लेटरप्याडमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नामावलीसहितको पत्र सङ्घको इमेलमा पठाउनुपर्ने महासचिव हमालले बताए।  

जिल्लामा फागुन १०-१४ गतेसम्म प्रदेशस्तरीय ‘रेफ्री’ तालिम पनि हुने भएको छ । कर्णाली प्रदेशमै रेफ्री उत्पादन गर्ने हिसाबले रेफ्री तालिमसमेत आयोजना गरिएको सङ्घका महासचिव हमालले जानकारी दिएका छन् । तालिमका लागि प्रत्येक जिल्लाबाट तीन जनालाई सम्बन्धित जिल्लाको खेलकुद विकास समिति वा फुटबल सङ्घले सिफारिस गरी फागुन ६ गतेसम्म पत्र पठाइसक्नुपर्ने जनाइएको छ । 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  २ : ४८ बजे

एमालेले बल्खुमै कार्यालय बनाउने, कलंकीको जग्गा मीनबहादुरलाई नै फिर्ता गर्ने

काठमाडौं- नेकपा एमाले ले पार्टीको केन्द्रीय कार्यालय मदननगर बल्खुकै पुरानो

नाराबाजीबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

काठमाडौं- विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडी र अफिसियलसहित जम्बो टोली

इरान र रूससहित चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं– नेपालका लागि विभिन्न चार देशका नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजनाको