उप निर्वाचन मंसिर १४ गते तोकियो (विज्ञप्ति सहित) « Khabarhub

उप निर्वाचन मंसिर १४ गते तोकियो (विज्ञप्ति सहित)


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचान आयोगले संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन मंसिर १४ गते गर्ने भएको छ । आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति मंसिर १४ गते तय गरेको जानकारी दिएको हो ।

निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदमा निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले कामलाई तीव्रता दिएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार आयोगले जनप्रतिनिधि रिक्त रहेको संघ, प्रदेश र स्थानीय तहका निर्वाचन क्षेत्रको तथ्यांक संकलन गरेसँगै निर्वाचनको मिति तोकिएको हो ।

जसमा संघमा १, प्रदेशमा ३, स्थानीय तहतर्फ ३ प्रमुख र ४३ वडाअध्यक्षको लागि उपनिर्वाचन हुनेछ ।  त्यसैगरी नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २ रिक्त छन् ।

सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्बाङको निधन भएकोले ती स्थान रिक्त भएको हो ।

विज्ञप्ति यस्तो छ

 

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ९ : ३० बजे

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी