नेपालद्वारा बंगलादेशसामु १ सय ७० रनको लक्ष्य प्रस्तुत « Khabarhub

नेपालद्वारा बंगलादेशसामु १ सय ७० रनको लक्ष्य प्रस्तुत


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा नेपालले बंगलादेशसामु १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेल सकिन एक बल बाँकी रहँदा १ सय ६९ रनमा अल आउट भयो ।

नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । १ सय बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए । त्यसैगरी, कप्तान देव खनालले ३५ रन जोडे । ६० बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए ।

त्यसैगरी, सुवास भण्डारीले १८ रन बनाए । उता बंगलादेशका रोहनत दौलाह बोर्सनले चार विकेट लिए भने शेख परभेज जीवनले तीन विकेट लिए ।

मंगलबार भारत र पाकिस्तानले जित निकालेपछि सुपर सिक्समा एउटा पनि खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट बाहिरिसकेको छ ।

बंगलादेशको भने सेमिफाइनल पुग्ने गणितीय सम्भावना बाँकी नै रहेको छ। अघिल्लो चरणको यात्राका लागि बंगलादेशले नेपाल र पाकिस्तानविरुद्ध फराकिलो जित निकाल्नुपर्ने छ । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्न पाउने भएकाले अब नेपालले दुबै खेल जिते पनि चार अङ्क मात्रै हुनेछ ।

सुपर सिक्समा नेपालले दोस्रो खेल शुक्रबार भारतसँग खेल्दैछ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार व्यहोरेको थियो । सनसनीपूर्ण बनेको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो।

समूह चरणपछि सुपर सिक्स भनिएको प्रतिस्पर्धामा नेपालसहित १२ टिम सहभागी छन् । सुपर सिक्समा नेपाल, भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा समूहमा छन् भने अर्को समूहमा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ५ : १७ बजे

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौ २३ र २४ गते

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी