गाडीमा यात्रा गर्दा वान्ता हुन्छ ? यसो गर्नुहोस् « Khabarhub

गाडीमा यात्रा गर्दा वान्ता हुन्छ ? यसो गर्नुहोस्


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

मानिसहरु गाडीको यात्रा गर्दा बान्ता गरिरहेका हुन्छन् । विशेषगरी धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा वान्ता आउने सम्भावना बढी हुन्छ ।

बसमा लामो यात्रा गर्दा वाता हुने धेरै मानिसको समस्या हो । यात्रा गर्दा चक्कर लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता समस्यालाई मेडिकल भाषामा मोसन सिक्नेस भनिन्छ ।

यो समस्यामा गाडीको गन्ध आउने, गाडी चढ्ने बित्तिकै बान्ता आउँछ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या पनि हुनसक्ने चिकित्सकले बताएका छन् ।

यदि तपाइँमा गाडी चढ्दा वान्ता हुने समस्या छ भने यी कुरामा ध्यान दिनुहोस्–

गाडीमा लामो यात्रामा हिँड्दा धेरै उत्सुकताका साथ बाहिर हेरी रहँदा चक्कर लाग्ने र उल्टी आउने हुन्छ ।
– यस्तो बेलामा गाडीमा यात्रा हल्का खाना खाएर गाडीको अगाडिको सिटमा बस्दा यो समस्या कम हुन्छ ।
– धेरै रिँगटा लाग्ने र टाउको दुख्ने मानिसले धेरै पटक झ्याउबाट टाउको निकाल्ने र बाहिर हेर्ने पनि गर्नु हुँदैन ।
– यस्तो समस्या भएको बेलामा कागती पनि खान सकिन्छ ।
– रक्सी चुरोट खाएर यात्रा नगर्ने ।
– यात्रा गर्नु भन्दा ३० मिनेट अगाडि एन्टीहिस्टामेनिकप्रोमेथाजरिन औषधि खान सकिन्छ ।
– चाँडै पच्ने खालका खाना अनि फलफूल खानुपर्छ । पेट खाली नराख्नुस, साथै पेट टन्न हुने गरी भारी चिज पनि नखानुस ।
– खानेकुराहरू खाइराख्ने, अन्य कुरामा मन लगाउने र सँगै बस्ने व्यक्तिसँग कुरा गर्नाले पनि यो समस्या कम हुन्छ ।
– बसको झ्याल खोलेर ताजा हावा लिँदा पनि वान्ता नहुन सक्छ ।

– गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा चकलेट राख्नुस । यसबाट वान्ता आउने जोखिम कम हुन्छ । यसका अलावा यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा मिल्छ ।

 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ६ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै