मेस्सीले ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने | Khabarhub Khabarhub

मेस्सीले ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा ३ महिनाको प्रतिबन्ध लागेको छ । कोपा अमेरिकी फुटबलमा भ्रष्टचारको आरोप लागेका मेस्सीलाई अन्तराष्ट्रिय फुटबलबाट ३ महिनाको प्रतिबन्ध लगाईएको हो ।

३२ बर्षका अर्जेन्टिनी फरवार्डले तेस्रो स्थानका लागि भएको चिलीविरुद्वको खेलमा ब्राजिललाई उपाधि जिताउन मिलोमतो गरिएको गम्भिर आरोप लगाएका थिए ।

उनले दक्षिण अमेरिकी फुटबलमा चरम भ्रष्टचार हुने गरेको आरोप लगाउँदै पदक लिन समेत अस्विकार गरेका थिए । तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी रातो कार्ड खादै मैदान बाहिरिएका थिए । सो खेल अर्जेन्टिनाले २–१ ले जितेको थियो ।

दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई ३ महिनाको प्रतिबन्धसंगै ५० हजार अमेरिकी डलर जरिवाना समेत गरेको छ ।

मेस्सीले आफुमाथि गरिएको कारबाहीको बिषयमा ७ दिनभित्र अपिल गर्न सक्नेछन् । प्रतिबन्धसंगै मेस्सीले अर्जेन्टिनाले चिली, मेक्सिको र जर्मनीविरुद्व सेप्टेम्बर र अक्टोबरमा खेल्ने मैत्रीपूर्ण फुटबल गुमाउनेछन् । अर्जेन्टिनाले सन् २०२२ को विश्वकप छनोट सन् २०२० को मार्चबाट शुरु गर्नेछ ।

कोपा अमेरिकामा अर्जेन्टिना सेमिफाईनलमा आयोजक ब्राजिलसंग २–० ले हारेको थियो । सो क्रममा अर्जेन्टिनी फुटबल संघले मैदानको बिषयलाई लिएर गम्भिर आलोचना व्यक्त गरेका थिए ।

दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीले लगाएको आरोप निराधार रहेको र त्यसमा सम्मानको कमी देखिएको बताएको छ ।

तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी ३७ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए । अन्तिममा उनले पदक लिन समेत अस्विकार गरेका थिए ।

‘हामी यो भ्रष्टचारको कुनै भाग हुन चाहदैनौ ।’ मेस्सीले भनेका थिए, ‘उनीहरुले प्रतियोगितामा हामीलाई सम्मानको कमी देखाएका छन् ।’

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ७ : ०९ बजे

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं – नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जेनजी

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग