सरावल गाउँपालिकाले थारू र मधेस सांस्कृतिक पार्क बनाउँदै « Khabarhub

सरावल गाउँपालिकाले थारू र मधेस सांस्कृतिक पार्क बनाउँदै


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाले थारू र मधेस सांस्कृतिक पार्क बनाउने भएको छ । 

सरावलमा पालिकामा थारु र मधेसी समुदायको बाहुल्यता छ । उनीहरु सांस्कृतिक र पहिचानलाई जगेर्ना हुने गरी पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताएका छन् । 

सांस्कृतिक पार्कमा पहिरन, पेसागत सामग्री, घर, रीतिरिवाज, पुराना संस्कार तथा संस्कृति झल्किने मूर्ति निर्माण गरी राखिने उनले बताएका छन् । 

पार्क निर्माणका लागि स्थान चयन तथा डिपिआरसमेत निर्माण भइसकेको छ । थारु सांस्कृतिक पार्क गाउँपालिका–२ को मनरी बनाउने भएको छ भने मधेसी सांस्कृतिक पार्क वडा नं ४ स्थित ललितपुरमा निर्माण गरिने अध्यक्ष चौधरीले बताए । यसबाट गाउँपालिकाको पर्यटन प्रवर्द्धन उनले भने ।

पार्क निर्माणका लागि गाउँपालिकाले सङ्घ र प्रदेशबाट बजेट माग गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले बताए । मनरीस्थित निर्माण हुने थारु सांस्कृतिक पार्कको डिपिआर तयार गरी तारबारसहितको काम अगाडि बढाइएको उनले बताए । 

यस्तै मधेस सांस्कृतिक पार्कको प्रारम्भिक सर्भे गरी डिपिआर निमार्णको तयारी भइरहेको अधिकृत मिश्राले भने । उक्त पार्कमा आन्तरिक तथा बाह्य पर्यटकसमेत ल्याउनका लागि अन्य विभिन्न मनोरञ्जनात्मक व्यवस्था गरिने छ । 

जसमा सेल्फीस्थल, उद्यान, पिकनिक पार्क, सभाहल, जल भण्डारण, पुस्तकालय र विभिन्न किसिमको प्राकृतिक सौन्दर्यतालाई समेत व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  १ : ३८ बजे

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय