सरावल गाउँपालिकाले थारू र मधेस सांस्कृतिक पार्क बनाउँदै « Khabarhub

सरावल गाउँपालिकाले थारू र मधेस सांस्कृतिक पार्क बनाउँदै


१८ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाले थारू र मधेस सांस्कृतिक पार्क बनाउने भएको छ । 

सरावलमा पालिकामा थारु र मधेसी समुदायको बाहुल्यता छ । उनीहरु सांस्कृतिक र पहिचानलाई जगेर्ना हुने गरी पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताएका छन् । 

सांस्कृतिक पार्कमा पहिरन, पेसागत सामग्री, घर, रीतिरिवाज, पुराना संस्कार तथा संस्कृति झल्किने मूर्ति निर्माण गरी राखिने उनले बताएका छन् । 

पार्क निर्माणका लागि स्थान चयन तथा डिपिआरसमेत निर्माण भइसकेको छ । थारु सांस्कृतिक पार्क गाउँपालिका–२ को मनरी बनाउने भएको छ भने मधेसी सांस्कृतिक पार्क वडा नं ४ स्थित ललितपुरमा निर्माण गरिने अध्यक्ष चौधरीले बताए । यसबाट गाउँपालिकाको पर्यटन प्रवर्द्धन उनले भने ।

पार्क निर्माणका लागि गाउँपालिकाले सङ्घ र प्रदेशबाट बजेट माग गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले बताए । मनरीस्थित निर्माण हुने थारु सांस्कृतिक पार्कको डिपिआर तयार गरी तारबारसहितको काम अगाडि बढाइएको उनले बताए । 

यस्तै मधेस सांस्कृतिक पार्कको प्रारम्भिक सर्भे गरी डिपिआर निमार्णको तयारी भइरहेको अधिकृत मिश्राले भने । उक्त पार्कमा आन्तरिक तथा बाह्य पर्यटकसमेत ल्याउनका लागि अन्य विभिन्न मनोरञ्जनात्मक व्यवस्था गरिने छ । 

जसमा सेल्फीस्थल, उद्यान, पिकनिक पार्क, सभाहल, जल भण्डारण, पुस्तकालय र विभिन्न किसिमको प्राकृतिक सौन्दर्यतालाई समेत व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  १ : ३८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप