खेलकुद क्षेत्रको विकासमा तीनै तहका सरकार लाग्नुपर्छ : उपप्रधानमन्त्री खड्का « Khabarhub

खेलकुद क्षेत्रको विकासमा तीनै तहका सरकार लाग्नुपर्छ : उपप्रधानमन्त्री खड्का


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताएका छन् ।

बिहीबार ललितपुरमा तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता उद्घाटन गर्दै खड्काले खेलाडीहरूको उत्साहित र प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको विकासका लागि तीनै तह मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

मुलुकको नाम राख्ने खेलाडीहरूको उत्पादन जरुरी रहेकाले खेलाडीहरू लगायत पूर्वाधारको विकासका सरकारले विशेष ध्यान दिने उनले बताए । उनले सरकारको बजेट निर्माणका क्रममा पनि खेल क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

नेपाल कराते महासंघको तत्वाधन एवं जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा सुरु प्रतियोगितामा प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब गरी १० टिमका २ सय बढि खेलाडीहरूको सहभागिता रहेको छ । 

टिम च्याम्पियनले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने पुरुष-महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ४ : ५३ बजे

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा