कार्बन उत्सर्जनले मानव स्वास्थ्यमा परेको असरबारे अध्ययन आवश्यक : ओली « Khabarhub

कार्बन उत्सर्जनले मानव स्वास्थ्यमा परेको असरबारे अध्ययन आवश्यक : ओली


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानव स्वास्थ्यमा प्रतिकुल असर पुर्‍याउने कुरामा सबैले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय वन तथा वातावरण विभागले आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा ‘जलवायु परिवर्तनले वातावरणमा पारेको असर र समाधानका उपायका’ बारेमा अन्तरक्रिया कार्यक्रममा उनले मानवीय स्वार्थ र असावधानीले स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर पार्ने काम भइरहेको बताए ।

अध्यक्ष ओलीले जलवायु परिवर्तनको स्वाभाविक कारणलाई रोक्न नसकिने हुँदा त्यस्ता प्राकृतिक अवस्थामा मानिसले अनुकूलित हुन सिक्नु अनिवार्य रहेको बताए । उनले कार्वन उत्सर्जनका कारण मानव स्वास्थ्यमा पारेको असरलाई न्यूनीकरण गरी समस्या समाधानका बारेमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले काठमाडौँ उपत्यकामा इँटा उद्योगबाट भइरहेको कार्वन उत्सर्जनले मानव स्वास्थ्यमा पारेको असरका बारेमा अध्ययन गर्न जरुरी रहेको भन्दै उपत्यकामा कार्वन उत्सर्जन नहुने प्रविधिका उद्योग स्थापनामा सरकारले प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्ने बताए । “कार्वन उत्सर्जन बढ्दै गएको छ । यसको समाधान कसरी गर्न सकिन्छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी छ”, उनले भने।

अध्यक्ष ओलीले जलवायु परिवर्तनका कारण सिर्जना भइरहेका स्वास्थ्य समस्यालाई लिएर मानिस चिन्तित भइरहेका भन्दै नेपालमा वनको क्षेत्रफल अनुसार जङ्गल नरहेकाले सघन वन क्षेत्र बढाउनुपर्नेमा जोड दिए ।

विभाग प्रमुख भारती पाठकले पृथ्वीले धान्न नसक्ने गरी कार्वन उत्सर्जन भइरहेको भन्दै त्यसको रोकथाम र समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताए।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ८ : ०४ बजे

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु

जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा

जुम्ला– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका

श्रम संस्कृतिका सांसदको प्रश्न- हाम्रो एउटै प्रश्नले दुई तिहाइको प्रधानमन्त्री किन आत्तिनु ?

काठमाडौं- श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित भोजपुरका सांसद धुर्वराज राई

कोशी प्रदेशसभाबाट एक विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

पक्राउ परेकै दिन छुटे काठमाडौंका तत्कालीन प्रजिअ रिजाल

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा