सार्वजनिक सवारी साधनलाई सुरक्षित बनाउनु पर्छ : अध्यक्ष मगर | Khabarhub Khabarhub

सार्वजनिक सवारी साधनलाई सुरक्षित बनाउनु पर्छ : अध्यक्ष मगर


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सार्वजनिक सवारी साधनलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताएका छन् ।

आयोगले आज आयोजना गरेको ‘सेवाप्रदायको दायित्व र उपभोक्ताको अधिकार’ विषयक छलफलमा अध्यक्ष मगरले सार्वनिजक यातायातलाई भरपर्दो, मर्यादित र उपभोक्तामैत्री बनाउनुपर्ने बताएका हुन् ।

“सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आवश्यक कानुनको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ” उनले भने, “सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न, यात्रुलाई सहज यात्रा र सुरक्षित बनाउन सबैले निकायले ध्यान दिन जरुरी छ ।

सार्वजनिक सवारीसाधनमा ‘अपशब्दको प्रयोग हुने गरेको, दुव्र्यवहार हुने गरेको उजुरी परेपछि आयोगले सरोकारवालालाई बोलाएर छलफल गरेको हो । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा चालक, सहचालकले उपभोक्ताले गर्ने मानव अधिकारमैत्री व्यवहार गर्नुपर्ने, काम गर्ने कामदारले उचित पारिश्रामिक पाउनुपर्नेलगायत विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ८ : २४ बजे

हङकङ सिक्सेस : अफगानिस्तानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौताको

काठमाडौं– बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड

विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थले माग्यो प्रस्ताव

काठमाडौं– अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि प्रस्ताव

काल्मेगीले फिलिपिन्समा ११४ जनाको मृत्य : आँधीको प्रभाव भियतनाम पुग्यो

काठमाडौं – मध्य फिलिपिन्समा ११४ जनाको मृत्युको कारण बनेको काल्मेगी

जेनजीलाई शंकर पोखरेलको चुनौती: तपाईंका सुशासन आदर्शसँग परीक्षण हुन चाहन्छु

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफू सधैं सुशासनको