पर्वतमा ‘लाटोकोसेरो तथा हुचिल उत्सव’ आजदेखि « Khabarhub

पर्वतमा ‘लाटोकोसेरो तथा हुचिल उत्सव’ आजदेखि


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

पर्वत– जलजला गाउँपालिका–५ लेकफाँटको लोप्रेमा शुक्रबारदेखि १० औँ संस्करणको ‘लाटोकोसेरो तथा हुचिल उत्सव’ हुँदैछ।

लाटोकोसेरो तथा हुचिलको अध्ययन र संरक्षणमा ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले  उत्सव आयोजना गरेको हो। उत्सव स्थानीय मालिका आधारभूत विद्यालयमा सञ्चालन हुने छ। 

संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओझेलमा परेको लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि उत्सव आयोजना गर्न लागेको बताए।

उत्सव आयोजनापूर्व नै जलजलाका समुदाय र विभिन्न विद्यालयमा पुगेर लाटोकोसेरो र हुचिलको महत्त्व र अवस्थाबारेमा जनचेतनामूलक कार्यक्रम गरेको आयोजक संस्थाले बतायो । 

अवैध चोरीनिकासी, वन विनाश, विषादीको प्रयोगलगायत कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको आचार्यले बताए । उनका अनुसार लाटो कोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटालीमा मात्र हुँदै आएको छ ।

‘लाटो कोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सञ्चालन हुने लाटो कोसेरो उत्सवमा लाटो कोसेरोसम्बन्धी जानकारी भएको सूचना, चित्र तथा फोटो प्रदर्शनी लाटो कोसेरोको नमूना चित्रकला प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

नेपालमा पाइने २३ प्रजातिका लाटो कोसेरोमध्ये आठ प्रजातिका दुर्लभ किसिमका छन् । पहिलोपटक आयोजना गरिएको यो उत्सवले लाटो कोसेरो संरक्षणका लागि समुदायको चेतना अभिवृद्धिका साथै फलामेडाँडाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय युवा पुर्ख पूर्जा पुनले बताए ।

नेपालबाट वर्षेनी लोटो कोसेरो तथा हुचिल जातको पंक्षी चोरी शिकारी हुँदै गए पनि संरक्षणको अभावमा लोप हुँदै गएको छ । वर्षेनी करोडौँ मूल्यको लाटो कोसेरो तथा हुचिल नेपालबाट बाहिरी देशमा चोरी तस्करी हुने गरेको छ ।

लाटो कोसेरोलाई किसानको साथी पनि भन्ने गरिन्छ । कृषकले मेहनत गरी उब्जाएको अन्नबाली खाएर दुःख दिने मुसो लाटो कोसेरोको मुख्य आहारा हो । यसले राती मात्र आँखा देख्छ र रातमा मात्र मुसाको शिकार गर्छ ।

यो पंक्षीको टाउको झट्ट हेर्दा बिरालो जस्तो देखिए पनि यसको शरीर पंक्षीको जस्तै हुन्छ । तर यसको सङ्ख्या वर्षेनी घट्ने क्रममा छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : ०० बजे

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी