भारतमा चिनियाँ जासुस भएको आरोपमा 'पक्राउ परेको' परेवा रिहा | Khabarhub Khabarhub

भारतमा चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ परेको’ परेवा रिहा


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सिफाइपछि रिहा गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँजस्तो लिपिमा लेखिएको सन्देश’ सहित उक्त चरा समातिएको थियो ।

“सुरुमा प्रहरीले चराविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो, तर अनुसन्धान पूरा भएपछि उनीहरूले आरोप फिर्ता लिएका थिए,” रिपोर्टमा भनिएको छ । अज्ञात चरालाई शहरको एक अस्पतालमा थुनेर राखिएको थियो भने प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) को भारतीय कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो अनुसन्धानमा आश्चर्यजनक आठ महिना लागेको छ ।”

पेटा इन्डियाका अनुसार प्रहरीले बुधबार अस्पताललाई परेवा छोड्न औपचारिक अनुमति दिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त चरा स्वस्थ अवस्थामा रिहा भएको छ ।

जासूसीको आरोपमा भारतीय अधिकारीहरूले हिरासतमा लिएका कयौंमध्ये यो पछिल्लो परेवा हो । सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्कीपूर्ण सन्देश बोकेको अवस्थामा फेला परेको परेवालाई सीमा सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका थिए ।

सन् २०१० मा अर्को परेवाको खुट्टामा औंठी र पाकिस्तानी फोन नम्बर र ठेगाना रातो मसीले टाँसिएको अवस्थामा फेला परेपछि सशस्त्र पहरामा राखिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १ : ३२ बजे

जेन-जी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने कांग्रेसको माग   

काठमाडौं– नेपाली कांग्रेसले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि

चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्यटक बसले

बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु– पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

अमेरिकी प्रतिबन्ध छल्दै रुस-भियतनामबीच गोप्य सम्झौता, ऊर्जा नाफाबाट हतियार सम्झौताको भुक्तानी

बैङ्कक– रुस र भियतनामले अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार

संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ भन्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राजावादी समूहले २०७२ को संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ भन्ने