राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको नजिता स्वभाविक : एमाले उपाध्यक्ष पौडेल « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको नजिता स्वभाविक : एमाले उपाध्यक्ष पौडेल


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको नजिता स्वभाविक भएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले शुक्रबार तिलोत्तमामा आयोजना गरेको स्वर्गीय परमानन्द खरेल स्मृति खुल्ला फुटसल प्रतियोगिता उद्घाटन गर्दै पौडेलले कोशीमा एमाले ठूलो पार्टी भएको र अन्य सदस्यहरुले पनि मत दिएका कारण कोशीको एक सिटमा एमालेले विजयी हासिल गरेको भन्दै उक्त नजिता स्वभाविक भएको बताएका हुन् ।

कोशी प्रदेश प्रदेशमात्रै नभइ अन्य प्रदेशमा समेत एमालेको मतभार धेरै देखिएकाले जनता र जनप्रतिनिधिहरुमाझ पनि एमालेको जनाधार बढ्दै गएको उनले बताए ।

त्यस्तै उनले वर्तमान सरकार समाजका लागि बोझ बनिसकेकाले बर्हिगमन अहिलको आवश्यकता भएको धारणा राखे । पौडेलले सरकार परिवर्तनका लागि अहिले नै एमालेले कुनै प्रयास नगरेको र मिशन ८४ बाट एमालेलाई बहुमतका साथ सरकारमा पु¥याउने दाबी गरे ।

खुल्ला फुटसल प्रतियोगीता शनिबार समापन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  २ : १३ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक