मुलुकलाई बाह्य हस्तक्षेपबाट रोक्न ८४ को निर्वाचन कुर्न सकिन्न : अध्यक्ष लिङ्देन « Khabarhub

मुलुकलाई बाह्य हस्तक्षेपबाट रोक्न ८४ को निर्वाचन कुर्न सकिन्न : अध्यक्ष लिङ्देन


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई बाह्य हस्तक्षेपबाट रोक्न ८४ को निर्वाचन कुर्न नसकिने बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सत्तामा टिक्न विदेशीलाई खुशी पार्ने कामले मुलुकमा बाह्य हस्तक्षेप बढेको बताए । उनले यसलाई रोक्न अब पार्टीले ८४ को निर्वाचन कुर्न नसक्ने बताएका हुन् ।

अहिले उत्तर र दक्षिणबाट भइरहेको क्रियाकलापले नेपाल कुनै पनि बेला शक्ति राष्ट्रको द्वन्द्वको शिकार बन्ने खतरा उत्पन्न भएको उनले बताए । उनले वैदेशिक हस्तक्षेप रोक्न, सनातन व्यवस्था कायम गर्न अहिले नै शान्तिपूर्ण जनदबाब सिर्जनाका साथै र युवाहरुको हस्तक्षेप जरुरी रहेको धारणा राखे ।

अभिभावकीय संस्थाका रुपमा रहेको राष्ट्रपति दलका तर्फबाट चयन हुदा दलीय प्रभाव देखिएको भन्दै उनले अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका रुपमा राजा रहने व्यवस्था सफल हुने जिकिर गरे ।

त्यस्तै, लिङ्देनले नेविसंघ, अखिल जस्ता विद्यार्थी संगठनहरुबाट शैक्षिक गुणस्तर र विद्यार्थीमुखी क्रियाकलाप सम्भव नरहेको भन्दै शैक्षिकमुखी विद्यार्थी संगठनहरुको आवश्यकता देखिएको बताए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : २१ बजे

कालानमक धान लोप हुँदै

बाँके– बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ ।

सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

सुर्खेत– जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव आजदेखि सुरु हुँदै

जनकपुरधाम– जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी

एमाले सचिवालय बैठक बस्दै, ११औँ महाधिवेशनको तयारीबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

च्याम्पियन्स लिग : रियल म्याड्रिडमाथि आर्सनलको जित

काठमाडौं – महिला च्याम्पियन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा