श्रीलङ्कामा डेंगीका बिरामीको सङ्ख्या १० हजार नाघ्यो « Khabarhub

श्रीलङ्कामा डेंगीका बिरामीको सङ्ख्या १० हजार नाघ्यो


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलङ्कामा जनवरी महिनामा १० हजारभन्दा बढी डेंगीका बिरामीहरू फेला परेका छन् । साथै डेङ्गी सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ ।

एनडीसीयुले शुक्रबारसम्म १० हजार ६३५ जनामा सङ्क्रमण भएको उल्लेख गरेको छ र तीमध्ये १० हजार ४१७ जनवरी महिनामा मात्र भएको बताएको छ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी ३ हजार ४८९ जनामा सङ्क्रमण फेला परेको छ भने त्यसपछि उत्तरी प्रान्तमा २ हजार ७३४ जनामा सङ्क्रमण भएको पाइएको छ ।

गत वर्ष ८८ हजारमा डेंगी सङ्क्रमण भएको थियो र तीमध्ये ५७ जनाको सङ्क्रमणबाट मृत्यु भएको थियो। यसै बीच स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट हुने रोगको फैलावट रोक्न देशव्यापी डेंगी रोकथाम सप्ताह घोषणा गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ४४ बजे

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ७ गते बुधबार सन् २०२६