राष्ट्रपति पौडेलसँग रिसाए ओली, पदीय मर्यादामा नबसेको आरोप « Khabarhub

राष्ट्रपति पौडेलसँग रिसाए ओली, पदीय मर्यादामा नबसेको आरोप


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेलसँग आक्रोशित भएका छन् । पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको पछिल्लो भूमिकालाइ लिएर आक्रोशित भएका हुन् ।

सो क्रममा ओलीले राष्ट्रपति पौडेल आफ्नो पदीय मर्यादामा नबसेको बताए । राष्ट्रपतिलाई संविधान अनुसार काम गर्नु पर्नेमा त्यसो नगरी पार्टीभन्दा माथि उठन नसकेको पनि आरोप लगाए ।

‘राष्ट्रपतिजी तपाईँ कांग्रेसको प्रतिनिधि होइन, सिङ्गै देशको राष्ट्रपति हो, आफ्नो थान्कामा बस्नुहोस्, आफूले पाएको अधिकार प्रयोग गर्नुस्, जथाभावी अधिकारको प्रयोग नगर्नुहोस्, गठबन्धनका प्रतिनिधि होइन राष्ट्रपतिज्यू तपाईँ, देशको प्रतिनिधि हो, देशको प्रतिनिधि भएर काम गर्नुहोस्’, उनले भने ।

राष्ट्रपतिले तनहुँमा कांग्रेस भएर भाषण गरेको भन्दै ओलीले आलोचना गरेका हुन् । पौडेलमा आफू राष्ट्रपति भएको ख्याल नै नभएकोसमेत उनको भनाइ छ ।

ओलीले राष्ट्रपति कानुनभन्दा माथि होइन भन्ने कुरा नबिर्सन पौडेललाई आग्रह गरेका छन । ‘राष्ट्रपति संविधानभन्दा माथि होइन, हामीले राजालाई त संविधानभित्र ल्याएर संविधानभन्दा माथि नहुने गराएका थियौँ, त्यो दायरा नाघ्दा राजतन्त्र समाप्त भयो, संविधानको दायरा नाघ्यो भने कसैको पनि भलो हुँदैन’, उनले भने ।

पौडेलसँग राष्ट्रपति पदको सचेतता होइन, गठबन्धन र बहुमतको दम्भ रहेको टिप्पणी गर्दै ओलीले राष्ट्रपति पौडेललाई दम्भ त्याग्न आग्रह पनि गरे ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ५ : २५ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा