रौतहटमा ४ थान सालको गोलियासहित तस्कर पक्राउ « Khabarhub

रौतहटमा ४ थान सालको गोलियासहित तस्कर पक्राउ


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा छुट्टाछुट्टै दुई स्थानबाट ४ वटा सालको गोलियासहित वन सुरक्षा टोलीले तस्करलाई पक्राउ गरेको छ।

वृन्दावन र चेतनगर सब-डिभिजन क्षेत्रको वनबाट लुकिछिपी कटान गरी ल्याइरहेको अवस्थामा चार थान साइकल, चार थान सालको गोलिया‚ एक थान मोटरसाइकलसहित तस्करलाई सुरक्षाटोलीले पक्राउ गरेको हो। 

सहायक वन अधिकृत अनिल महतोको कमान्डमा गएको टोलीले काठ तस्कर गढीमाई नगरपालिका-९ का राकेशकुमार साहलाई पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए। साथै उनले प्रयोग गरेको बिआर ०६ बिके ५७६९ नम्बरको  मोटरसाइकल बरामद गरिएको प्रमुख मिश्रले जानकारी दिए।

बरामद  १८ क्युफिट काठ‚ साइकल , मोटरसाइकल वृन्दावन सब-डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको छ। पक्राउ परेका काठ तस्कर राकेशलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुर पठाइएको  बताइएको छ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ६ : ११ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका