प्रत्यक्ष प्रसारणमै भारतीय कप्तान रोहित शर्माले मुख छाडेर गाली गरेको अडियो सुनिएपछि… « Khabarhub

प्रत्यक्ष प्रसारणमै भारतीय कप्तान रोहित शर्माले मुख छाडेर गाली गरेको अडियो सुनिएपछि…


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले खेलका क्रममा मुख छाडेर अश्लील गाली गरेको भिडियो सार्वजनिक भएको छ ।

इङ्गल्याण्डविरुद्ध जारी टेस्ट क्रिकेटका क्रममा कप्तान शर्माले आफ्ना टिमका खेलाडीलाई लक्षित गरी गाली गरेको अडियो खेलको प्रत्यक्ष प्रसारणका क्रममा सुनिएको हो ।

विकेटमा राखिएको स्टम्प माइकबाट सुनिएको अडियोमा उनले खेलाडीलाई आमा र बहिनीको गाली गर्दै अश्लील शब्दमा ‘गार्डेनमा नघुम्न’ निर्देशन दिएका छन् ।

हाल भारतको भिशाखापट्नममा रहेको डा. वाई एस राजशेखरा रेड्डी रंगशालामा भारत र इङ्गल्याण्डबीच टेस्ट चलिरहेको छ ।

दोस्रो दिनको खेल सकिँदासम्म भारतले इङ्गल्याण्डविरुद्ध १ सय ७१ रनको लिड लिएको छ । भारतले पहिलो इनिङमा ३ सय ९६ रन बनाएको थियो भने इङ्गल्याण्ड २ सय ५३ रनमा समेटिएको थियो ।

दोस्रो दिनको खेल सकिँदासम्म दोस्रो इनिङमा भारतले बिना कुनै विकेट गुमाइ २८ रन बनाएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ६ : ४० बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले