प्रहरीबिरुद्ध नै विप्लवले जारी गरे पक्राउ पुर्जी, ‘इन्काउन्टर’ गर्ने चेतावनी ! « Khabarhub

प्रहरीबिरुद्ध नै विप्लवले जारी गरे पक्राउ पुर्जी, ‘इन्काउन्टर’ गर्ने चेतावनी !


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युस्टि पार्टी(नेकपा)ले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको छ ।

जनअदालतका प्रमुख विकासको नाममा विज्ञप्ति जारी गर्दै नेकपाले प्रहरी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

सुराकी गरेर स्थानीय नेता कार्यकर्ता र जनतालाई दुख दिएको भन्दै नेकपा कैलालीले बर्दगोरिया गाउँपालिका १ बस्ने नेपाल प्रहरीका असई भैरव कुँवरविरुद्ध २५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जीमा जनाइए अनुसार तुफानकुमार साउदको जाहेरिपछि जिल्ला जनसरकारले छानबिन गरी प्रहरी असई कुवरलाई पक्राउ गर्नुपर्ने प्रतिवेदन पेश गरेकाले पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ ।

देश र जनताको हितबिपरित नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण ज्यानमार्ने उद्योगसम्बन्धी कसुर गरेको भनी जाहेरी परेका कारण बाटोम्याद बाहेर २५ दिनभित्र पक्राउ गरेर ल्याउन विज्ञप्तिमा भनिएको छ ।

‘देश र जनाताको हित विरुद्ध फौजदारी कार्य विधी संहिताको दफा ४८ को उपदफा ६ सँग सम्बन्धित’ भन्दै जारी गरिएको विज्ञप्तिमा तोकिएको समयमा आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परि यस जनअदालतमा हाजिर हुन आउन आदेश दिइएको छ ।

हाजिर हुन आए उनको व्यवहार समेत बुझि जनअदालतको कानुन बमोजिम कारवाही हुने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ– नआई यो म्याद गुजारी फरार रहेर फेरि देश र जनताको विरुद्ध नेता कार्यकर्ताको सुराकी अपहरण, हत्या, यातनामा संलग्न भए जिल्ला जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि कारवाही गर्न पनि आदेश दिइएको छ ।’

पक्राउ पुर्जीको वेवास्ता गर्ने र अपहरण, यातना, सुराकी लगायतका काममा संलग्न भए जुनसुकै बेलापनि इन्काउन्टर गर्न सकिने चेतावनी विप्लवको जिल्ला जनसुरक्षा विभाग कैलालीले जारी गरेको विज्ञप्तिमार्फत दिइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ४ : ४३ बजे

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६