शहरे खानेपानी आयोजना लथालिङ्ग : स्थानीयलाई खानेपानीको चरम अभाव, हाइड्रोले दिएन पानी  « Khabarhub

शहरे खानेपानी आयोजना लथालिङ्ग : स्थानीयलाई खानेपानीको चरम अभाव, हाइड्रोले दिएन पानी 


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको तामाकोशी गाउँपालिका-५ शहरेका स्थानीयलाई खानेपानीको चरम अभाव रहेको पाइएको छ । बृहत् शहरे खानेपानी उपभोक्ता समितिको लापरवाहीका कारण स्थानीयले खानेपानीको चरम समस्या झेल्नुपरेको हो ।

हिमाल हाइड्रोपावरको सुरुङकाे पानीको लाइन बन्द भएपछि एक सय ७५ घरधुरीले खानेपानी अभाव खेप्नुपरेको स्थानीय भुवन केसीले बताए ।

२०७२ सालको भूकम्पपछि सुरुङ निर्माणको कारण पानीका मुहान सुकेको भन्दै खानेपानी उपलब्ध गराउन स्थानीयले आन्दोलन नै गरेपछि हाइड्रोले पानी दिँदै आएको थियो ।

तर, उक्त आयोजनाले एक्कासी  स्थानीयलाई पानीको वैकल्पिक स्रोत खोजेर प्रयोग गर्न भन्दै ५० लाख रकम दिएर पुरानो सुरुङको पानी गत माघ १५ गतेदेखि बन्द गरेको स्थानीय चन्द्रबहादुर बस्नेतले सुनाए ।

उनले हाइड्रोपावरले आफूहरू स्थानीयलाई विना जानकारी खानेपानी उपभोक्ता समितिका केही पदाधिकारीको मिलेमतोमा बैठक राखेर आफूलगायत समितिका सदस्यहरूको किर्ते हस्ताक्षर गरेको आरोप लगाए ।

उनले धमिलो, दूषित पानी वैकल्पिक स्रोतको रूपमा प्रयोग गर्न बाध्य बनाएर स्थानीयको स्वास्थ्यमाथि नै खेलबाड गर्न खोजेको आरोप लगाए ।१० वर्षदेखि पिउँदै आएको पानी एक्कासी काटेको र गाउँमा खानेपानीको वैकल्पिक मुहान तथा स्रोत नभएको उनको भनाइ छ ।

-सुवास बस्नेत

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १ : ५९ बजे

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी