आईफोन ११ आगामी सेप्टेम्बरमा सार्वजनिक हुने आंकलन, यस्ता नयाँ फिचर्स थपिने विश्वास « Khabarhub

आईफोन ११ आगामी सेप्टेम्बरमा सार्वजनिक हुने आंकलन, यस्ता नयाँ फिचर्स थपिने विश्वास


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वकै लोकप्रिय ग्योजेट कम्पनी एप्पलले आईफोनको नयाँ संस्करण ‘आईफोन ११’ आगामी सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ । मिडिया रिपोर्टअनुसार एप्पलले आईफोन ११ का साथै नयाँ आईप्याड तथा नयाँ म्याकबुक प्रो पनि सँगै सार्वजनिक गर्न सक्नेछ ।

एप्पलको नयाँ संस्करणको आईप्याडमा १० दशमलब २ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिन हुने छ ।

एप्पलले अहिलेसम्म आईफोन ११ का साथै आईप्याड र म्याकबुकबारे जानकारी सार्वजनिक गरेको छैन । यद्यपि प्रयोगकर्ताहरुका लागि भने आईफोन ११ बहुप्रतिक्षित ग्याजेट बनेको छ ।

आईफोन ११ मा पेन्सिल सपोर्ट

एप्पलसँग सम्बन्धित विश्लेषकको भनाइलाई मान्ने हो भने आईफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट मिल्ने छ । यदि यसो भएको खण्डमा पेन्सिल सपोर्ट गर्ने यो पहिलो आईफोन हुनेछ । यसको सहायतामा प्रयोगकर्ताले सहज रुपमा थुप्रै काम गर्न सक्नेछन् ।

आईफोन ११ मा रहेको टप भेरिएन्टको रुपमा १० मेगापिक्सेलको सेल्फी क्यामरा तथा १४ मेगापिक्सेलको रियर क्यामरा हुने मानिएको छ ।

यसका साथै एप्पले सार्वजनकि गर्न लागेको नयाँ आईप्याड भने गत जुनमा भएको एप्पल वल्र्डवाइड डेभलोपर्स कन्फ्रेनस (डब्लुडब्लुडीसी) २०१९ मा प्रदर्शन गरिएको थियो ।

कम्पनीले यसलाई आईओएस १३ का साथ सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ । एप्पलले आईओएस १३ मा थुप्रै एड्भान्स फिचर्स दिएको छ ।

यसमा पहिलो पटक डार्क मोड पनि राखिएको छ । यसको होम स्क्रिनलाई रिडिजाइन गरिएको छ । जसबाट प्रयोगकर्ताले नयाँ इन्टरफेस प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ५ : ३० बजे

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम