स्कोडा अन्तर बै‌ंक फुटसलको उपाधि हिमालयन बैंकलाई | Khabarhub Khabarhub

स्कोडा अन्तर बै‌ंक फुटसलको उपाधि हिमालयन बैंकलाई


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कोडा अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि हिमालयन बैंकले उचालेको छ । शनिबार भएको फाइनल खेलमा ग्लोबल आईएमई बैंकलाई ३–० ले पराजित गर्दै हिमालयन बैंक स्कोडाको पहिलो संस्करण विजेता बन्न सफल भएको हो ।

अघिल्लो शनिबार शुरु भएको प्रतियोगिताको आज फाइनल खेल भएको थियो । एक्टिभ स्पोर्ट्स कम्प्लेक्सले आजोजना गरेको प्रतियोगितामा २० बैंकले सहभागिता जनाएका थिए । प्रतियोगिता अघिल्लो शनिबार शुरु भएर आज सम्पन्न भएको हो ।

प्रतियोगिताको विजेता टोली हिमालयन बैंकले नगद १ लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेता ग्लोबल आईएमई बैंकले ५० हजार रुपैयाँ पाएको छ । आयोजक स्कोडा स्पोर्ट्स कम्प्लेक्सका अध्यक्ष गौरव थापाले प्रतियोगिता सफलताका साथ सम्पन्न भएको बताएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ५ : ३७ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित