जेलेन्स्कीद्वारा युद्धग्रस्त गाउँ रोबोटाइनको भ्रमण « Khabarhub

जेलेन्स्कीद्वारा युद्धग्रस्त गाउँ रोबोटाइनको भ्रमण


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणी सीमावर्ती गाउँ रोबोटाइनमा सेनाको भ्रमण गरेको बताएका छन् । गत गृष्मयाममा रुसी सेनाबाट फिर्ता लिइएको रोबोटाइनले पुनः आक्रमणको सामना गरिरहेको छ ।

किएभले गत वर्ष अगस्टमा दक्षिणी जापोरिजिया क्षेत्रको यस सानो गाउँलाई पुनः कब्जा गरेको थियो । यसलाई रुसी सेनाविरुद्धको जवाफी आक्रमणमा ठूलो सफलताको रूपमा हेरिएको छ । त्यसबेलादेखि रोबोटाइनमा रुसी सेनाले लगातार आक्रमण गरिरहेको छ र यो गाउँ दक्षिणी मोर्चामा मुख्य हटस्पटमध्येको एक बनेको छ ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा भनेका छन्, “जापोरिजिया क्षेत्र । रोबोटाइन । ६५औँ मेकेनाइज्ड ब्रिगेडको स्थान । मैले रक्षकहरूसँग कुराकानी गरेँ, उनीहरूलाई धन्यवाद दिएँ र राज्य पुरस्का प्रदान गरेँ, आज यहाँ हुनु सम्मानको कुरा हो ।”

फेसबुकमा पोस्ट गरिएको भिडियोमा राष्ट्रपति जेलेन्स्कीलाई भूमिगत जस्तो देखिने अँध्यारो कोठामा वर्दीमा सैनिकहरूसँग भेट गरेको देखिन्छ ।

“आज यहाँ आएर तपाईंहरूलाई पुरस्कृत गर्नु मेरा लागि सम्मानको कुरा हो किनकी तपाईंहरूको काँधमा दुश्मनलाई पछाडि धकेल्न र यो युद्ध जित्न यति कठिन र निर्णायक मिसन छ”, जेलेन्स्कीले सैनिकहरूलाई भने, “म तपाईंहरूको विजयको कामना गर्दछु, तपाईंहरूलाई पुरस्कृत गर्न चाहन्छु र यो विजयलाई चाँडै हासिल गर्नका लागि सबैथोक गर्नुहोस् भन्ने चाहन्छु ।”

६५औँ ब्रिगेडले गत वर्ष रोबोटाइन गाउँमा आक्रमणको नेतृत्व लिएको थियो । रोबोटाइनमाथि पुनः कब्जालाई किएभको सफलताको रूपमा स्वागत गरिएको थियो तर मस्कोसँग गुमेका क्षेत्रहरू फिर्ता लिनका लागि युक्रेनको प्रयास त्यसबेलादेखि सुस्त भएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ३१ बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख