राप्रपा नेपालको सक्रिय सदस्यता वितरण अभियान सुरु « Khabarhub

राप्रपा नेपालको सक्रिय सदस्यता वितरण अभियान सुरु


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। राप्रपा नेपालले पार्टीको सक्रिय सदस्यता वितरण अभियान सुरु गरेको छ। आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले पहिलो सकृय सदस्यता लिएका छन्।

सकृय सदस्यता वितरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अहिले मुलुकमा कायम ब्यवस्था र प्रणाली परिवर्तन हुनुपर्नेमा जोड दिए। आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको समेत उनले स्पष्ट पारे।

देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गरेर मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि संघीय संरचनालाई खारेज गर्नुको विकल्प नरहेको उनको जिकिर थियो।

संघीयता खारेज गरेर स्थानीय निकायलाई बलियो बनाउँदै सुशासनको माध्यामबाट मुलुकमा आर्थिक विकास र सुशासन हासिल गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको बताउँदै थापाले केही वर्ष भित्रमा नै राप्रपा नेपाललाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित हुने गरी पार्टी काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

त्यसका लागि एक वर्ष भित्र कम्तिमा २ लाख पार्टीको सक्रिय सदस्यता वितरणको काम सम्पन्न गरिसक्नु पर्ने अध्यक्ष थापाको भनाई थियो। थापाले पार्टीलाई बलियो बनाउन पनि सक्रिय सदस्यता वितरणको कामलाई पार्टीका नेता, कार्यकर्ताले प्रतिस्पर्धाको रुपमा अघि बढाउनुपर्ने बताए।

अध्यक्ष थापाले सम्बोधनका क्रममा भने ‘हाम्रो तात्कालिन जिम्मेवारी भनेको देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने र त्यसको विकल्पमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना गर्ने, हाल कायम रहेको संघीय संरचना खारेज गर्ने, स्थानीय निकायलाई बलियो बनाउने र देशमा भ्रष्टाचारलाई अन्त्य गरेर सुशासनको माध्यामबाट देशको आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यका साथ हामी अगाडि बढिराखेका छौं।

साथै हामीले केही वर्ष भित्रमा नै राप्रपा नेपाललाई देशका अग्रणी शक्तिको रुपमा स्थापित गर्नुपर्छ। यो सबै काम सम्पन्न गर्नका लागि पार्टी संगठन बलियो हुनुपर्छ। र संगठनलाई बलियो बनाउन सक्रिय सदस्य बढी भन्दा बढी बनाउनु पर्छ।’

कार्यक्रममा पार्टीका केन्द्रिय पदाधिकारी, सदस्य र जनवर्गीय संगठनका पदाधिकारीहरूलाई सकृय सदस्यता बितरण गरिएको थियो। अब देशब्यापी रुपमा सकृय सदस्यता वितरण अभियान सुरु गरिने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ५५ बजे

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड