सामाजिक सञ्जालमा व्यस्त खान समर्थक | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा व्यस्त खान समर्थक


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पाकिस्तानको निर्वाचन सम्बन्धी पोलले नवाज सरिफले प्रस्ट रूपमा जित हात पार्दै पाकिस्तानको नेतृत्व सम्हाल्ने देखिएको छ ।राजनीतिक समीक्षकको विश्लेषण पनि त्यस्तै छ। तर यता विपक्षी पिटीआईले सम्पूर्ण रूपमा हार स्वीकार गरी नसकेको जनाएको छ । पाकिस्तानी क्रिकेटका पूर्व स्टार इमरान दुई वर्षको अन्तरालमा सत्ताबाट जेलमा पुगेका छन्। जेलमा भए पनि उनले त्यहाँबाट नै निर्वाचनमा जित हात पार्ने योजना बनाइ रहेका छन्।

पिटीआईको चुनावी रणनीतिमा दुई कुराले बढी प्राथमिकता पाएका छन्। पहिलो त उनीहरूले सामाजिक सञ्जालको भरपुर उपयोग गर्ने नीति लिएका छन्। दोस्रो उनीहरूले नयाँ र ‘अन टेस्टेड’ उम्मेदवार धेरै जना मैदानमा उतारेका छन्।

पन्जाब प्रान्तमा रहमान डर पोस्टर बोकेर उभिएकी छिन्। उनलाई आफ्नो दलको वकालत गर्नुमा गर्वको अनुभूति हुन्छ। उमेरले ७० को नेटो काटे पनि निर्वाचन प्रचार प्रसारमा देखिनु उनका लागि कुनै आश्चर्यको विषय होइन। उनका दलका धेरै नेता कोही भूमिगत भएका छन् भने कोही जेलमा छन्। यसका बाबजुद उनलाई कुनै डर छैन।

पिटीआईको चुनावी रणनीतिमा दुई कुराले बढी प्राथमिकता पाएका छन्। पहिलो त उनीहरूले सामाजिक सञ्जालको भरपुर उपयोग गर्ने नीति लिएका छन्। दोस्रो उनीहरूले नयाँ र ‘अन टेस्टेड’ उम्मेदवार धेरै जना मैदानमा उतारेका छन्।

‘मलाई लाग्छ, यो क्षेत्रबाट अर्को एक पटक मेरो दलले नै प्रतिनिधित्वको अवसर पाउने छु ’, उनले भनिन। उनले सधैँ इमरान खानको पक्षमा रहने बताएकी छिन्।

उनको खान प्रतिको विश्वास समर्पण भाव यस्तो थियो कि एक्लो भएसम्म पनि उनी खानको पक्षमा सडकमा ओर्लन तयार छिन्। डरको वरपर रहेको एउटा सानो जत्थाले अझै पाकिस्तानमा इमरान र पीटीआईको प्रभाव देखाएको थियो। डर उम्मेदवार त होइनन्, परन्तु उनको सक्रियता कुनै उम्मेदवारको भन्दा कम छैन।

अदालतको निर्णय अनुसार पिटिआई निर्वाचनमा सहभागी छैन। यस कारण पिटीआईका सबै उम्मेदवार स्वतन्त्रको रूपमा मैदानमा छन्। उनीहरू सबैले ब्याट चिह्न राजेका छन्। यसै ब्याट चिह्नको प्रचारमा ७० वर्षे उमेर पार गरेकी डर पनि सक्रियतापूर्वक लागेकी हुन्। यो हेर्दा सामान्य जस्तो भए पनि साक्षरता प्रतिशत एकदमै कम रहेको पाकिस्तानमा यो एउटा गम्भीर समस्या हो। हरेक स्वतन्त्रका अर्का विकल्प छन्। यसमा मतदाता र पीटीआईले आफ्नो समर्थकको मत जोगाउन नै धेरै कसरत गर्नुपर्ने छ।

अदालतको निर्णय अनुसार पिटिआई निर्वाचनमा सहभागी छैन। यस कारण पिटीआईका सबै उम्मेदवार स्वतन्त्रको रूपमा मैदानमा छन्। उनीहरू सबैले ब्याट चिह्न राजेका छन्।

आगामी बिहीबार हुने निर्वाचनमा पिटीआईले झेल्ने असङ्ख्य अवरोध र प्रतिकुल विषय मध्य यो एउटा हो। यसका अलावा अन्य धेरै समस्या नभएका होइनन्। यो एउटा अभियान लामो समय जान पनि सक्नेछ। लडाइँका निम्ति जेल भित्र रहेका नेताबाट आत्मबल प्रदान गरिएको छ। सडकमा प्रदर्शन गरिएको छ। सामाजिक सञ्जाललाई व्यापक रूपमा उपयोग गरिएको छ।

पछिल्लो निर्वाचनमा डरका छोरा उसमान साइलकोटमा नेतृत्वदायी भूमिकामा रहेको मध्य एक थिए। पिटीआईका वरिष्ठ नेता उनले इमरान खानको शासनकालमा युवा मामला सल्लाहकारको रूपमा काम गरेका थिए।

गत वर्ष इमरान खान गिरफ्तार भएपछि धेरै कुरा फेरिएको थियो। सडकमा आगजनी गरेको आरोपमा पिटीआईका धेरै जना गिरफ्तार भएका थिए। सडकमा टायर बाल्नेदेखि तोडफोड हुने सम्मका घटना भए। केही समयमा खान रिहा भए पनि उनका धेरै समर्थक जेलमै रहे।

त्यसपछि एकाएक पिटीआईका धेरै नेताले दलबाट राजीनामा दिए। धेरैले राजनीतिबाट आफूलाई अलग राखेको घोषणा गरे। डरले पनि आफ्नो छोराले गरेको सो निर्णयमा आफूले असहमत जनाउँदै आफू भने लगातार खानको पक्षमा रहेको बताउँदै आइन्।

पिटीआईको मुख्य शक्ति भनेको युवा समुदाय हो। यसै युवा समुदाय अहिले फोनमा व्यस्त छन्। हरेक सामाजिक सञ्जाल र इन्टरनेटमा उनीहरू व्यस्त भएका छन्। प्रविधि सो दलको चुनावी अभियानको मुख्य आकर्षण भएको छ।

कतिपयले जेलभित्र नै रहेर आफू निर्दोष भएको तथा आफूलाई फसाइएको गुनासो गरिरहेका छन्। यसै मुद्दा लिएर आफूलाई न्याय दिनकै लागि मतदाता समक्ष अनुरोध गरिरहेका छन्। कतिले लुकेर प्रचार पनि गरेका छन्।

अतिफ खान खाइबर पन्तुख्यामा प्रान्तीय मन्त्री थिए। उनले भिडियो ब्रोडकास्टको माध्यमबाट मत मागी रहेका छन्। उनले भिडियोबाट नै पिटीआई समर्थकलाई एकत्रित गर्ने प्रयास गरिरहेका छन्।

खानले भीड बिनाको चुनावी अभियान नयाँ अनुभव भएको बताएका छन्। पिटीआईको मुख्य शक्ति भनेको युवा समुदाय हो। यसै युवा समुदाय अहिले फोनमा व्यस्त छन्। हरेक सामाजिक सञ्जाल र इन्टरनेटमा उनीहरू व्यस्त भएका छन्। प्रविधि सो दलको चुनावी अभियानको मुख्य आकर्षण भएको छ। पार्टीको ट्विटर, इन्स्टाग्राम र टिकटकका लाखौँ फलोअर छन्।

अन्य दुई प्रमुख दल पीपीपी र पीएमएल यस सवालमा धेरै पछि परेका छन्। इमरानको एकाउन्ट पनि त्यस्तै छ। यस कारण पिटीआईको आवाज धेरै जनामा सहजै पुग्ने गरेको छ।

ब्याट चिह्नको प्रचार गर्न एउटा अफिसियल वेबसाइट नै तयार गरिएको छ। सोही माध्यमबाट पिटीआई समर्थित उम्मेदवारले आफ्नो धारण राख्ने गरेका छन्। एउटा क्रिकेटरबाट राजनीतिज्ञ भएका कारण उनका स्वतः समर्थकको सङ्ख्या पनि मनग्ये भएको कुरा नकार्न मिल्दैन।

अहिले राज्यको शक्ति सरिफाको पक्षमा छ। सरकारी सञ्चार माध्यममा सरिफको उपस्थिति बलियो छ। परन्तु सामाजिक सञ्जालमै खानको प्रभाव छ। यो प्रभावले कत्ति मत आकर्षित गर्ने हो भन्ने निश्चित छैन।

जनवरी महिनामा भएको पिटीआईको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रयोग गरेर तितरबितर पारेको थियो। उनीहरूको चुनावी अभियान बिथोल्न सबै खाले हर्कत प्रयोग भएका छन्। धरपकड, गिरफ्तार र अन्य अवरोध यथावतै छ। काम चलाऊ सञ्चार मन्त्री मुर्ताजा सोताङ्गीले ९ मेको घटनामा संलग्न भएका कारण यसरी धरपकड गरिएको बताए। यसपछि पिटीआईका सामु दुई विकल्प थियो। पहिलो त न्यायालयबाट सम्पूर्ण अधिकारको रक्षाका लागि लड्ने। अर्को अधिकार भनेको भर्चुअल माध्यमबाट चुनावी अभियान सुरु गर्ने। पिटीआईका एक समर्थक जीब्रान इलियास यो शैली सस्तो र प्रभावकारी रहेको बताउँछन्।

यसका केही सीमा नभएका होइनन्। पाकिस्तानमा ३० प्रतिशत मात्र इन्टरनेटमा अभ्यस्त छन्। यस कारण उनीहरूको अभियान सबै पाकिस्तानी कहाँ पुग्न सहज भने छैन। गत निर्वाचनमा नवाज सरिफले पनि यसै शैली अपनाएका थिए। समय फेरिएपछि अहिले खानले यो शैली अपनाएका छन्।

सन् २०१८ मा सेनाको प्रत्यक्ष संलग्नता नदेखिए पनि इलेक्ट्रोल इन्जिनियरिङमा सेनाको प्रभाव अहिले त्यसको उल्टो रहेको छ। सेनाको अप्रत्यक्ष साथ सरिफलाई छ। विल्सन सेन्टर थिङ ट्याङ्कमा दक्षिण एसियाली निर्देशक माइकल कलेग्म्यान गत निर्वाचनमा सरिफलाई धेरै कुरामा बाँधेर खानलाई सेनाले नै निर्वाचित गरेको बताउँछन्। अहिले त विगतको भन्दा पनि धेरै जना जेलमा छन्। यस अवस्थामा पिटीआईको अवस्था साँच्चै अप्ठेरो हो।

अहिले राज्यको शक्ति सरिफाको पक्षमा छ। सरकारी सञ्चार माध्यममा सरिफको उपस्थिति बलियो छ। परन्तु सामाजिक सञ्जालमै खानको प्रभाव छ। यो प्रभावले कत्ति मत आकर्षित गर्ने हो भन्ने निश्चित छैन। स्रोतः बीबीसी

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : १३ बजे

अमेरिकाको क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने

अमेरिका – प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा

आज २०८१ साल असोज ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ८ गते मंगलबार तदनुसार

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा