मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान « Khabarhub

मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा गरी रिक्त २३ स्थानमा निर्वाचन हुने भएकाले यसअघि नाम छुटेका वा उमेर पुगेका नागरिकलाई नाम दर्ता गर्न आह्वान गरेको हो ।

२०७९ साल वैशाख १० गते स्थानीय तह र २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गरी २३ पद रिक्त रहेको आयोगले जनाएको छ ।

आयोगले रिक्त पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुन बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी भइरहेको जनाएको छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही दिनबाट नाम दर्ता गर्ने कार्य स्थगित हुने भएकाले सो अघि नै नाम दर्ता गर्न आयोगको आग्रह छ ।

आयोगले नागरिकको सहजताका लागि बाहिरी जिल्लाबाट पनि नामावली दर्ता गर्न सकिने सुविधा उपलब्ध गराएको जनाएको छ ।

 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १२ : ४५ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर