दादुरा-रुबेलाविरुद्धको ६० लाख मात्रा खोप ल्याइयो  | Khabarhub Khabarhub

दादुरा-रुबेलाविरुद्धको ६० लाख मात्रा खोप ल्याइयो 


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेला विरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको जानकारी दिए। उनले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए।

अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई यो खोप लगाइने कार्यक्रम रहेको छ । उनका अनुसार भारतीय सेरम इस्सिच्युटले उत्पादन गरेको उक्त खोप गाभीको अनुदानमा उपलब्ध भएको हो । 

सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकालाई आगामी फागुन १३ गतदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जनाइएको छ । 

भारतसँग सिमा जोडिएका तथा दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए। क्रमशः ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने उनको भनाइ थियो ।  

सरकारले यसअघि नै भूकम्पका बेला जाजरकोट र पश्चिम रुकुममा खोप अभियान सञ्चालन गरिसकेको छ । सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालिएको हो । 

खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले खोप टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा रहेको जनाउँदै चाँडै नै जिल्लामा पठाइने बताए । 

दादुरा–रुबेला भएको बेला ज्वरो आउने, शरिरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने लक्षण दखिने भन्दै समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने उनले जानकारी दिए ।

सामान्यता दादुरा–रुबेला लागेका बिरामीको आँखा पाकेर अन्धो हुने, कान पाकेर नसुन्ने, निमोनिया भएर श्वासप्रश्वास फेर्न समस्या हुने गर्दछ । गतबर्ष १९ जिल्लामा दादुरा–रुबेला महामारीका रुपमा फैलिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १ : २८ बजे

बाबुरामको प्रश्न- पूर्वमाओवादीहरु किन एकैठाउँ आउने, प्रचण्डलाई सत्तामा पुर्‍याउन ?

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरू

राष्ट्र बैंकले बढायो स्मारिका सिक्का र मेडालियनको मूल्य

काठमाडौं– नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य वृद्धि

सुन्दरीघाटबाट पुनः पानी वितरण

काठमाडौं–  खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको किर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी

‘हिराको कण’ ले जलवायु परिवर्तनको असर रोक्ने

काठमाडौं– औद्योगीकरणपछि विश्वका हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन देखिएका छन् ।

गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले कास्की कारागारमा लामखुट्टे