चैते धानखेती गर्ने किसानलाई अनुदान « Khabarhub

चैते धानखेती गर्ने किसानलाई अनुदान


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– चैते धानखेती गर्ने किसानलाई कृष्णपुर नगरपालिकाले ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ । नगरपालिकाको कृषि विकास शाखाको आव २०८०-८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसानलाई अनुदानमा चैते धानको बीउ उपलब्ध गराउन थालिएको हो । 

किसानको मागका आधारमा बीउ वितरण गरिने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए । 

धान उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि दुई वर्षदेखि निरन्तररूपमा चैते धानको बीउ अनुदानमा वितरण गराउन थालेका छौँ’, उनले भने, ‘चैते धानखेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दोरुपमा रहेको छ ।’ 

किसानलाई अनुदानमा सिँचाइ सुविधाका लागि पम्पसेट, विद्युतीय मोटर उपलब्ध गराउने कार्यसँगै पुराना कुलो मर्मत गरी सञ्चालन गरिन थालेपछि चैते धानखेती गर्ने किसान बढ्दै गएको उनको भनाइ छ । पर्याप्त सिँचाइका साधन उपलब्ध हुन थालेपछि किसानले हर्दिनाथ जातको चैते धानखेतीपश्चात् बर्खे धानखेती गरेर दोहोरो फाइदा लिन थालेको उनले बताए ।

उनका अनुसार नगरपालिकामा खेतीमा संलग्न किसानमध्ये ८० प्रतिशतले धानखेती गर्दै आएका छन् । त्यसमध्ये चैते धानखेती मात्रै गर्ने किसानको सङ्ख्या पाँच प्रतिशत रहेको छ । थोरै जग्गामा चैते धानखेती गर्ने किसान ८० बढी भएको जनाउँदै कृषि विकास शाखाका प्रमुख धामीले एक बिघाभन्दा बढी क्षेत्रफलमा चैते धानखेती गर्ने किसान ३० बढी रहेको बताए । 

गत वर्ष मात्रै नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएर ४० बिघा जग्गामा २५ किसानले चैते धानखेती गरेको उनले बताए। बर्खे धानभन्दा चैते धानले बढी उत्पादन दिने भएकाले किसानले यसको खेतीलाई प्राथमिकतामा राख्न थालेकाले यस वर्ष पनि अनुदानको कार्यक्रम राखिएको उनले जानकारी दिए।

चैते धानको बीउ अनुदानमा लगेका किसानले अनिवार्यरूपमा धान रोपेकै हुनुपर्ने नियम नगरपालिकाले बनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार कूल धानखेती हुने ४८ हजार चार सय ९६ हेक्टरमध्ये तीन सय हेक्टर जग्गामा चैते धानखेती हुने गरेको छ । 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : ०३ बजे

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर