‘पुल बन्न थालेपछि खुसी’ « Khabarhub

‘पुल बन्न थालेपछि खुसी’


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको बबई गाउँपालिका–२ स्थित ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले आवागमन ठप्प हुने गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारको रु ४६ लाख लागतमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् । आगामी वैशाखमा सक्नेगरी झोलुङ्गे पुल निर्माण सुरु भएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । 

घुरिनडाँडा–ठुलचौर जोड्ने गरी झुलुङ्गे पुल निर्माण सुरु भएको हो । ठूलाचौरमा करिब २० घर छन् । यहाँका करिब ३५ जना विद्यार्थी नियमित उक्त पुलको बाटो भएर विद्यालय जाने गरेका छन् । 

पुल नहुँदा विद्यार्थीहरु वर्खा लाग्यो भने पढ्नबाट वञ्चित हुन्छन् । ‘गाउँमा कोही बिरामी परे पनि कसरी अस्पतालसम्म लैजाने भन्ने चिन्ता हुन्छ । वारी विद्यालय, पारी गाउँ छ’, स्थानीय गङ्गाराम विकले भने, ‘पुल नहुँदा वारीबाट पारी हेर्ने मात्रै हुन्छ, पुग्न सकिदैन ।’ पुल बन्ने भएपछि खुसी मिलेको उनको भनाइ थियो ।

वर्षामा आउने खोलाले यहाँको दुई गाउँलाई अलग गराउने स्थानीय बताउँछन् । बबई–२ मा पर्ने ठूलाचौरका नागरिक वर्षामा वारिपारि गर्न सक्दैनन् । 

‘विद्यार्थी पनि बर्खा भरि विद्यालय जान पाउँदैनन् । पानी पर्न थालेपछि विद्यालय जान नसकेर सबै घरमा बस्न बाध्य हुन्छन्’, स्थानीय दिला विश्वकर्माले भनिन्। 

खोलामा पुल नहुँदा यसरी वर्षेनी समस्या भोग्नु परेको उनको भनाइ थियो । पुल निर्माण भइरहेको भन्दै समयमै सम्पन्न भए वर्षामा आवागमन सहज हुने उनले बताए।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ४ : १२ बजे

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी

६ जना फरार प्रतिवादी पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका ६ जना फरार

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी