इजरायली आक्रमण रोक्न प्यालेस्टिनी राष्ट्रपतिको आग्रह « Khabarhub

इजरायली आक्रमण रोक्न प्यालेस्टिनी राष्ट्रपतिको आग्रह


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

रामल्लाह प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई प्यालेस्टिनी जनताविरुद्ध जारी इजरायली आक्रमणलाई रोक्न अन्तर्राष्ट्रिय प्रयास अघि बढाउन आग्रह गरेका छन् ।   

प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार अब्बासले मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डसँग रामल्लास्थित राष्ट्रपतिको मुख्यालयमा भएको बैठकमा उक्त कुरा राखेका हुन् । 

अब्बासले गुटेर्रेसलाई  व्यक्तिगत तथा संस्थागत प्रयास जारी  राखी सम्पूर्ण गाजा पट्टीबाट इजरायली कब्जा फिर्ता लिई यसको कुनै पनि अशं जमिन कब्जा नगर्न अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र बनाउन आह्वान गरे ।

अब्बासले प्यालेस्टिनीहरूका लागि मानवीय सहायता, राहत सामग्री र आश्रयमा वृद्धि सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिए। 

उनले प्यालेस्टिनीहरूको विस्थापन रोक्न, स्थल सुरक्षा बल र बसोबास गर्नेहरूद्वारा सबै आक्रमणहरू रोक्नुका साथै सबै प्यालेस्टिनी निकासी कोष जारी गर्नुपर्नेबारे पनि जोड दिए। अब्बासले प्यालेस्टिनीबाट इजरायलीहरूको रिहाई सुनिश्चित गर्न सुरक्षा परिषद्को निर्णय र अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको माध्यमबाट संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टिनी राज्यको पूर्ण सदस्यता प्राप्त गर्नु महत्वपूर्ण रहेको बताए ।   

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ७ : ३८ बजे

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम