चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई मृत्युदण्डको सजाय | Khabarhub Khabarhub

चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई मृत्युदण्डको सजाय


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि नै गहिरो तहमा रहेको भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका छन्।

यद्यपि आलोचकहरूले उक्त नीतिले उहाँलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्न सहयोग पुगेको बताएका छन् ।सोमबार चाइना मर्चेन्ट्स बैंकका पूर्वअध्यक्ष तियान ह्युईलाई दुई वर्षको राहतसँगै मृत्युदण्डको सजाय सुनाइएको छ ।

दुई वर्षपछि मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ । सरकारी प्रसारक सिसिटिभीका अनुसार तियानलाई ‘घुस स्वीकार गरेको’ दोषी पाइएको छ ।

साथै उहाँलाई दशकौँसम्म ‘राज्यको स्वामित्वमा रहेको कम्पनीका कर्मचारीहरूको शक्तिको दुरुपयोग गरेको, अज्ञात जानकारीको व्यापार गरेको, भित्री व्यापार गरेको र आन्तरिक जानकारी चुहाएको’ दोषी पाइएको छ ।

भ्रष्टाचारविरोधी अभियानले आफ्नो ध्यान मुलुकका केही प्रमुख फाइनान्सरहरूमाथि केन्द्रित गरेपछि तियान पहिलोपटक सन् २०२२ अप्रिलमा सार्वजनिक अनुसन्धानको दायरामा आएका थिए । डिसेम्बरमा चाइना डेभलपमेन्ट बैंकका पूर्वउपाध्यक्ष झोउ किङ्युलाई घुस लिएको आशङ्कामा पक्राउ गरिएको थियो ।

जनवरीमा राज्यको स्वामित्वमा रहेको चिनियाँ बैङ्किङ एभरब्राइट ग्रुपका पूर्वअध्यक्षलाई भ्रष्टाचार र घुस लिएको आशङ्का पक्राउ गरिएको थियो । यसका अतिरिक्त गत महिना चाइना डेभलपमेन्ट बैंकका पूर्वशीर्ष कार्यकारी हे जिङजियाङलाई घुस लिएको आरोपमा २० वर्षको कारगार सजाय दिइएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : १६ बजे

भारतले नेपाली विद्यालयलाई उपहारस्वरुप दियो ८१ वटा स्कुल बस

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले विभिन्न ४८ वटा जिल्लाका ८१ विद्यालयलाई

गृहमन्त्रीले मसँग व्यक्तिगत दुस्मनी लिँदैछन् : केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालको

कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन

तुलसीपुर (दाङ)- दाङको तुलसीपुर उपमहानगरपालिका-१ देवीस्थानस्थित जम्मुचिरा जलाशय(ड्याम)मा डुङ्गा सञ्चालनमा

शान्ति सैनिकको सङ्ख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

काठमाडौं- संयुक्त राष्ट्रसङ्घ (यूएन) ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा

जेन-जी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले

काठमाडौं- गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह