चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई मृत्युदण्डको सजाय « Khabarhub

चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई मृत्युदण्डको सजाय


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि नै गहिरो तहमा रहेको भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका छन्।

यद्यपि आलोचकहरूले उक्त नीतिले उहाँलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्न सहयोग पुगेको बताएका छन् ।सोमबार चाइना मर्चेन्ट्स बैंकका पूर्वअध्यक्ष तियान ह्युईलाई दुई वर्षको राहतसँगै मृत्युदण्डको सजाय सुनाइएको छ ।

दुई वर्षपछि मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ । सरकारी प्रसारक सिसिटिभीका अनुसार तियानलाई ‘घुस स्वीकार गरेको’ दोषी पाइएको छ ।

साथै उहाँलाई दशकौँसम्म ‘राज्यको स्वामित्वमा रहेको कम्पनीका कर्मचारीहरूको शक्तिको दुरुपयोग गरेको, अज्ञात जानकारीको व्यापार गरेको, भित्री व्यापार गरेको र आन्तरिक जानकारी चुहाएको’ दोषी पाइएको छ ।

भ्रष्टाचारविरोधी अभियानले आफ्नो ध्यान मुलुकका केही प्रमुख फाइनान्सरहरूमाथि केन्द्रित गरेपछि तियान पहिलोपटक सन् २०२२ अप्रिलमा सार्वजनिक अनुसन्धानको दायरामा आएका थिए । डिसेम्बरमा चाइना डेभलपमेन्ट बैंकका पूर्वउपाध्यक्ष झोउ किङ्युलाई घुस लिएको आशङ्कामा पक्राउ गरिएको थियो ।

जनवरीमा राज्यको स्वामित्वमा रहेको चिनियाँ बैङ्किङ एभरब्राइट ग्रुपका पूर्वअध्यक्षलाई भ्रष्टाचार र घुस लिएको आशङ्का पक्राउ गरिएको थियो । यसका अतिरिक्त गत महिना चाइना डेभलपमेन्ट बैंकका पूर्वशीर्ष कार्यकारी हे जिङजियाङलाई घुस लिएको आरोपमा २० वर्षको कारगार सजाय दिइएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : १६ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन