समृद्धि अभियान साकार पार्न एमालेको बहुमत सरकार आवश्यक : ओली | Khabarhub Khabarhub

समृद्धि अभियान साकार पार्न एमालेको बहुमत सरकार आवश्यक : ओली


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि अभियान साकार पार्न आफ्नो पार्टीको बहुमतको सरकार आवश्यक भएको बताएका छन् ।

आज महोत्तरीको जलेश्वरमा नेकपा (एमाले) को छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दैओलीले देशको नेतृत्व गर्ने अवसरका लागि आफ्नो दलले अब २०८४ को चुनावको प्रतीक्षा गरिरहेको बताए ।

“हामी जिम्मेवारीसाथ मुलुकको नेतृत्व गर्न चाहन्छौँ, तर अहिलेको गठबन्धन भत्काउनतिर हामी लाग्दैनौं”, अध्यक्ष ओलीले भने । उनले आफू नेतृत्वको सरकारले थालेका विकास–निर्माणका परियोजनालाई गठबन्धन सरकारले बेवास्ता गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले दक्षता, क्षमता र कामप्रतिको तत्परता बढाउन आफ्ना पार्टीका नेता तथा कार्यकर्तासँग अपिल गरे । “अवसर पाइन भनेर मन कुँड्याएर नबस्नोस्, योग्यता बढाउनोस्, अवसर तपाईंलाई खोज्दै आइपुग्छ,” उनले भने । जनताबीच विनम्र भएर प्रस्तुत हुने कार्यकर्ता एमालेका हुनपर्ने उनको भनाइ थियो ।

एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का सचिव रघुवीर महासेठले देश निर्माणको जिम्मेवारी पुनः नेकपा एमालेको काँधमा आउने बताए । उनीहरुले त्यसका लागि अझै चार वर्ष भने पर्खनुपर्ने बताए।

एमाले महोत्तरीका सङ्गठन कमिटीका संयोजक कालीचन्द्र साहको अध्यक्षतामा भएको थियो । एमाले अधिवेशनको बन्दसत्र आजै राति प्रारम्भ भई भोलि बिहानसम्ममा नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : ५८ बजे

एमालेले दुई उपाध्यक्षको फरक मतलाई विधान महाधिवेशनमा प्रवेश नदिने

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन

बेइजिङमा पुटिन र किमबीच भेटवार्ता

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम

संसद्‌मा आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

बाटो काट्दाको संकट ः १२ सेकेण्डको हरियो बत्तीमा कसरी ज्यान जोगाउने ?

काठमाडौं– बाटो काट्न जेब्रा क्रसिङमा पाइला राखेर तपाईँ फेरि ब्याक

बुधबार नेप्से साढे १५ अंकले घट्यो, कारोबार कति ? 

काठमाडौं– बुधबार पनि शेयर बजार घटेको छ । बुधबार नेपाल