संघीय संसदका विभिन्न आठ समितिको बैठक बस्दै « Khabarhub

संघीय संसदका विभिन्न आठ समितिको बैठक बस्दै


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २४औँ बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बस्नेछ । बैठकमा झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन– २०८० (मस्यौदा माथि) पेश तथा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आज महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

यसैगरी, आज राज्य व्यवस्था तथा सुशासन समितिको २२औँ बैठक बस्दैछ । सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सुरक्षण मुद्रण विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

यता, राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा नागढुंगा सुरुङमार्ग निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुने बताइएको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा स्थानीय तहको कानून निर्माण प्रक्रियाको अध्ययनको मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित प्रत्यायोजित विधायन र सरकारी कार्यान्वयन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा खानेपानी मन्त्री महिन्द्र राय यादव र सचिव सुरेश आचार्यलाई आमन्त्रण गरिएको छ ।

यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा १६औँ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूको सम्बन्धमा छलफल हुनेछ ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ६ : ३७ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर