जापानद्वारा नेपाल जुडो सङ्घलाई पोशाक हस्तान्तरण « Khabarhub

जापानद्वारा नेपाल जुडो सङ्घलाई पोशाक हस्तान्तरण


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानले नेपाल जुडो सङ्घलाई दुई सय ४० थान जुडो पोशाक सहयोगस्वरूप प्रदान गरेको छ । जापानी दूतावासमा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले उक्त सामग्री जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई हस्तान्तरण गरे । 

त्यस अवसरमा नेपाल जुडो सङ्घका पदाधिकारी तथा सदस्य, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीलगायत सहभागी थिए। राजदूत किकुताले यस सहयोगबाट एसियाली खेलकुद ऐची–नागोया २०२६ लाई लक्षित गरी प्रशिक्षण गरिरहेका नेपालका जुडो खेलाडीलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरे । उक्त सामग्री अल जापान जुडो फेडेरेसन र ‘जुडोज’द्वारा प्रदान गरिएको हो ।

सो अवसरमा राजदूत किकुताले जुडोले खेलाडीका लागि कौशलता स्वस्थ शरीरका साथै युवाहरूको शारीरिक र मानसिक विकासमा समेत मद्दत गर्न योगदान गर्ने उल्लेख गरे । 

जुडो सङ्घका अध्यक्ष बज्राचार्यले उक्त सहयोगले नेपालका जुडो खेलाडीहरू प्रोत्साहन हुने बताउँदै सहयोगका लागि जापानप्रति आभार व्यक्त गरेका थिए । 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  २ : ३५ बजे

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने